शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरू, पहिलो दिन रबिलाई अग्रता

सोमबार, ०२ असार २०८२, १९ : ५०
सोमबार, ०२ असार २०८२

काठमाडौँ । सोमबारदेखि सुरु भएको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रबि खड्का शीर्षस्थानमा रहन सफल भएका छन् । ५–अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियनसुबाश तामाङलाई १ स्ट्रोकले पछि परेका छन्। सुवास ४–अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे। ३–अन्डर ६९को नतिजामा दुई एमेच्योर निम दोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धन बहादुरथापाले संयुक्तरुपमा तेस्रो स्थान बाँडे ।

२–अन्डर ७० स्कोर गरेका निरज तामाङ र विष्णु प्रसाद शर्मा संयुक्तरुपमा सातौं स्थानमा छन् । १–अन्डर ७१ स्कोर गरेका दीपक मगर, राम कृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपले नवौं स्थान बाँडे ।

पूर्व नम्बर एक गल्फर रबिले छैटौं देखि नवौं होलसम्मलगातार चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४–अन्डर ३२ मासकाए। यसपछि ब्याक नाइनमा उनले १२औँ र १७ औँ ंहोलमा एक–एक सट बचाए। १३औँ होलको बर्डीले ब्याकनाइन १–अन्डर ३५ मा पुरा गरे ।

सुबाशले फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए। छैटौं होलमाबर्डी प्रहार गरेपनि पाँचौँ र सातौं होलमा एक–एक सट खेरफाले। उनले ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन गरे । बोगीरहित ब्याक नाइन खेल्ने क्रममा १० औँ, १२ औँ र १६ औँ होलमा बर्डी प्रहार गरे। ५–पारको १५औँ होलमा इगलको सफलता हात पारे ।

एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुलसंयुक्तरुपमा शीर्षस्थानमा रहे। उनीहरूले ३–अन्डर ६९ कोस्कोरमा वाङ्चेनलाइ २ स्ट्रोकले पछि पारे ।

निमले तेस्रो र सातौं होलमा इगल प्रहार गरे। छैटौं होलमा एक सट बचाए। पहिलो र आठौं होलमा बोगीको सामनागर्दा फ्रन्ट नाइन ३–अन्डर ३३ मा पुरा गरे । यसपछि ११ औँ र १४ औँ होलमा बर्डी तथा १५औँ र १८औं‌ होलमा बोगी खेपे। ब्याक नाइन इभन–पार ३६ खेले ।

राहुलले फ्रन्ट नाइन १–अन्डर ३५ तथा ब्याक नाइन २–अन्डर३४ मा सकाए। उनले कुल ५ बर्डी र दुई बोगी प्रहार गरे। वाङ्चेनले १–अन्डर ७१ स्कोर गरे। वाङ्चेनले सातौं होलमा चार सट खेर फाले। उनले ६ बर्डी प्रहार गर्दा एक बोगी खेपेका थिए ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चारिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । 

विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार  र पाँचौँ हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन्। शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन्। साथै प्रतियोगितामा १८ जना एमेच्योर खेलाडीहरू पनि प्रतिस्पर्धा गरिरहेका छन् ।

चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो–प्रतियोगितात्मक हुनेछ। जहाँ  २५ जना प्रोफेसनल र १०० जनाकर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप