समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
सोमबार, ०२ असार २०८२, २२ : १०

समाचार सारांश
- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले मुलुकमा वैज्ञानिक समाजवाद ल्याउन वर्ग सङ्घर्ष आवश्यक रहेको बताए।
- उनले समाजवाद प्राप्तिका लागि जनतालाई गोलबन्द गर्नुपर्नेमा जोड दिए र सहिदहरुको सपना पूरा गर्न अझै सङ्घर्ष आवश्यक रहेको औँल्याए।
- उनले दोलखा जिल्ला जलविद्युत् उत्पादनको दृष्टिले धनी रहेको उल्लेख गरे।
चरिकोट । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले मुलुकमा वैज्ञानिक समाजवाद ल्याउन अझै पनि वर्ग सङ्घर्ष आवश्यक रहेको बताएका छन् । यहाँ आज आयोजित २३ औँ प्रताप स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवाद प्राप्तिका लागि नेपालको संविधानले परिकल्पना गरेअनुसार जनतालाई गोलबन्द गर्नुपर्नेमा उनले जोड दिए ।
‘संविधानले परिकल्पना गरेको समाजवाद प्राप्त गर्न तपाईँ हामी सबै गोलबन्द भएर लाग्न जरुरी छ’, उनले भने ।
उनले द्वन्द्वकालमा सहादत प्राप्त गरेका सहिदहरुको स्मरण गर्दै उनीहरुको सपना पूरा गर्न अझै पनि सङ्घर्षको आवश्यकता औँल्याए । उनले जलविद्युत् उत्पादनको दृष्टिले दोलखा धनी जिल्ला भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु