मनसुनको प्रभाव : बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
मङ्गलबार, ०३ असार २०८२, ०९ : २९
सारांश
- मनसुन सक्रियताका कारण अरनिको, पूर्व-पश्चिम राजमार्ग लगायतका मुख्य सडकहरू अवरुद्ध भएका छन्।
- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
- नवलपरासीको बिनयी खोलामा आएको बाढीले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ, भने अन्य राजमार्ग पनि प्रभावित छन्।
काठमाडौं । देशभर सक्रिय मनसुनका कारण विभिन्न स्थानमा गएको पहिरो र बाढीले अरनिको, पूर्व–पश्चिम राजमार्ग लगायतका मुख्य सडकहरू अवरुद्ध भएका छन् ।
सडक विभागले आज बिहान ८ बजेसम्म अद्यावधिक गरेको जानकारीअनुसार सबैभन्दा बढी प्रभावित अरनिको राजमार्ग भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका तीन फरक स्थान— वडा नं. २ को कोदारी र कोप्लाङ तथा वडा नं. ३ को लार्छामा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
त्यसैगरी पूर्व–पश्चिम राजमार्ग पनि नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–१ स्थित बिनयी खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
सडक विभागका अनुसार कान्ति लोकपथ, कालिगण्डकी करिडोरपनि पूर्ण रूपमा बन्द भएका छन् । केही स्थानमा भने पहिरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण