३६ दिनमा सकियो ‘जारी २’को छायाङ्कन
सारांश
- उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म 'जारी २' को छायाङ्कन सकिएको छ, जुन ३६ दिनमा पाँचथरमा खिचिएको हो।
- फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्, जसको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ।
- बाँसुरी फिल्मस्ले यो फिल्म आगामी बडादसैँमा रिलिज गर्ने जनाएको छ, जसमा दयाहाङ राई र मिरुना मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ।
काठमाडौँ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘जारी २’को छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कन ३६ औँ दिनमा प्याकअप गरिएको हो । फिल्मको सम्पूर्ण छायाङ्कन पाँचथरमा गरिएको हो । निर्माण कम्पनी बाँसुरी फिल्मस्ले फिल्म आगामी बडादसैँको अवसरमा रिलिज हुने जानकारी दिएको छ ।
छायाङ्कन सकिएसँगै निर्माण टिमले फिल्मको मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्स समेत सार्वजनिक गरेको हो । सार्वजनिक तस्बिरमा मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देख्न सकिन्छ ।
यो फिल्म स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ । ‘जारी २’मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन रहको छ । कवि सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मका निर्माता रामबाबु गुरुङ हुन् । फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण