२५ लाखमा बन्ने फिल्म अभिनय गर्दै अनमोल केसी
मङ्गलबार, ०३ असार २०८२, १४ : १३
_Si1mgCtiCX.jpg)
समाचार सारांश
- अभिनेता अनमोल केसीले फिल्म 'फर्की फर्की' मा ५० लाख पारिश्रमिक लिएका थिए, र कर बापत ७ लाख ५० हजार रुपैयाँ तिरेका थिए।
- अहिले उनी २५ लाख पारिश्रमिकमा 'बाटुलो जुन' फिल्ममा अभिनय गर्दैछन्, जसको निर्माण सनराइज पिक्चर्स प्रालिले गर्दैछ।
- अनमोल केसी, भुवन केसी र जिया केसीको मुख्य भूमिका रहने फिल्म 'बाटुलो जुन' को निर्देशन भुवन केसीले गर्नेछन् ।
काठमाडौँ । फिल्म उद्योगमा अभिनेता अनमोल केसीको पारिश्रमिकको चर्चा सधैँ हुने गर्छ । फिल्म ‘फर्की फर्की’मा उनले ५० लाख पारिश्रमिक लिएको र करबापत उनले ७ लाख ५० हजार रुपैयाँ तिरेको सार्वजनिक गरिएको थियो ।
अहिले भने अनमोल आफूले लिएको पारिश्रमिकको आधा बजेट अर्थात् २५ लाखमा निर्माण हुने फिल्म ‘बाटुलो जुन’ अभिनय गर्ने भएका छन् । सनराइज पिक्चर्स प्रालिको नामबाट चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिइएको फिल्मको निर्माता जिया केसी हुन् ।
अनमोलकै बुबा भुवन केसीको निर्देशनमा नाम रहेको फिल्मको कलाकारमा भुवन केसी, जिया केसी र अनमोल केसी बताइएको छ । फिल्मले जेठको तेस्रो साता बोर्डबाट निर्माण इजाजत पत्र लिएको हो ।