२५ लाखमा बन्ने फिल्म अभिनय गर्दै अनमोल केसी
मङ्गलबार, ०३ असार २०८२, १४ : १३
सारांश
- अभिनेता अनमोल केसीले फिल्म 'फर्की फर्की' मा ५० लाख पारिश्रमिक लिएका थिए, र कर बापत ७ लाख ५० हजार रुपैयाँ तिरेका थिए।
- अहिले उनी २५ लाख पारिश्रमिकमा 'बाटुलो जुन' फिल्ममा अभिनय गर्दैछन्, जसको निर्माण सनराइज पिक्चर्स प्रालिले गर्दैछ।
- अनमोल केसी, भुवन केसी र जिया केसीको मुख्य भूमिका रहने फिल्म 'बाटुलो जुन' को निर्देशन भुवन केसीले गर्नेछन् ।
काठमाडौँ । फिल्म उद्योगमा अभिनेता अनमोल केसीको पारिश्रमिकको चर्चा सधैँ हुने गर्छ । फिल्म ‘फर्की फर्की’मा उनले ५० लाख पारिश्रमिक लिएको र करबापत उनले ७ लाख ५० हजार रुपैयाँ तिरेको सार्वजनिक गरिएको थियो ।
अहिले भने अनमोल आफूले लिएको पारिश्रमिकको आधा बजेट अर्थात् २५ लाखमा निर्माण हुने फिल्म ‘बाटुलो जुन’ अभिनय गर्ने भएका छन् । सनराइज पिक्चर्स प्रालिको नामबाट चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिइएको फिल्मको निर्माता जिया केसी हुन् ।
अनमोलकै बुबा भुवन केसीको निर्देशनमा नाम रहेको फिल्मको कलाकारमा भुवन केसी, जिया केसी र अनमोल केसी बताइएको छ । फिल्मले जेठको तेस्रो साता बोर्डबाट निर्माण इजाजत पत्र लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण