तेस्रो एमबीएएन स्पोर्ट्स मिट : फुटसल, ब्याडमिण्टन र टेबलटेनिसमा प्रतिस्पर्धा हुने
सारांश
- नेपाल मर्चेन्ट बैंकर सङ्घले असार ६ र ७ गते काठमाडौंमा तेस्रो एमबिएएन स्पोर्ट्स मिट २०२५ आयोजना गर्ने भएको छ।
- प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबल टेनिस खेलहरू हुनेछन्, जसमा २६ मध्ये २२ बैंकका टिमले प्रतिस्पर्धा गर्नेछन्।
- विजेताहरूलाई नगद पुरस्कार र शिल्ड प्रदान गरिनेछ, जसमा फुटसल, ब्याडमिन्टन र टेबल टेनिसका विभिन्न विधा समावेश छन्।
काठमाडौँ । मर्चेन्ट बैंकर्सहरुको छाता संगठन नेपाल मर्चेन्ट बैंकर सङ्घले तेस्रो एमबिएएन स्पोर्ट्स मिट २०२५ आयोजना गर्ने भएको छ । सङ्घले यही असार ६ र ७ गते उक्त स्पोर्ट्स मिट २०२५ आयोजना गर्न लागेको हो ।
सङ्घले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँको हाडिगाउँस्थित धनयन्तरी स्पोर्ट्स फुटसलमा आउने शुक्रबार र शनिबार फुटसल, ब्याडमिण्टन र टेबल टेनिस गरी २ दिने खेलकुद प्रतियोगितामा आयोजना गर्न लागेको जनाएको छ ।
प्रतियोगितामा सङ्घमा आबद्ध २६ मध्ये २२ वटा बैंकले भाग लिने भएका छन् । प्रतियोगिता अन्तर्गत फुटसलमा पुरुष र महिला गरी २ इभेन्टस्मा प्रतिस्पर्धा हुनेछ । फुटसलमा पुरुषतर्फ १५ वटा र महिलातर्फ ८ वटा टिमले भाग लिएका छन् ।
फुटसलको पुरुषतर्फ विजेता टिमले ८० हजार नगदसहित शिल्ड र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । महिलातर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछ ।
यसैगरी ब्याडमिण्टनतर्फ पुरुष, महिला र भेट्रान्स डबल्सका गरी ३ विधाका प्रतिस्पर्धा हुनेछ । पुरुष र महिलातर्फका विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार नगद पाउनेछन् ।
भेट्रान्स डबल्सका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद हात पार्नेछन् । ब्याडमिण्टनको पुरुषतर्फ ६ , महिलातर्फ ९ र भेट्रान्सतर्फ ५ वटा टिम रहेको छ ।
प्रतियोगितामा टेबल टेनिसतर्फ पनि ३ इभेण्ट्समा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुष सिंगल्समा २५ , महिला सिंगल्समा ६ र भेट्रान्स सिंगल्समा ७ वटा टिमले भाग लिएका छन् ।
टेबल टेनिसतर्फ पुरुष र भेट्रान्सको विजेताले समान १५ हजार र उपविजेताले १० हजार पाउनेछन् । यस्तै महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार नगद प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
-
सरकारको हनिमुन पिरियड सकियोः जस्तो थियो उस्तै छ फेवाताल
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा
-
५४ वर्षसम्म पनि डुम्रे–बेँसीसहर सडक स्तरोन्नति हुन सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण