तीनकुने घटना
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
मङ्गलबार, ०३ असार २०८२, १७ : ५३
सारांश
- काठमाडौं जिल्ला अदालतले रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ। उनी तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका थिए।
- मिश्र विरुद्ध राज्य विरूद्धको कसूर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसूरमा सजायको मागदाबी गरिएको थियो।
- यसअघि राप्रपाका महामन्त्री धवल शमशेर जवरा पनि तीन लाख धरौटीमा रिहा भएका थिए।
काठमाडौँ । रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा छाड्न आदेश गरेका हो ।
तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । सोमबार राप्रपाका महामन्त्री धवल शमशेर जवरा पनि ३ लाख धरौटीमा रिहा भएका थिए ।
तीनकुने घटनामा प्रतिवादी बनाइएका मिश्र मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । गत जेठ ११ मा मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको हो ।
यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणालाई पनि काठमाडौँ जिल्ला अदालतले तीन लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण