प्रधानमन्त्री ओलीको चीन भ्रमणमा १ सय ११ जनाको जम्बो टोली (हेर्नुहोस् सूचि)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा १ सयभन्दा बढीको जम्बो टोली सहभागी हुने भएको छ ।
ओली भोलि चीन भम्रणमा जाँदैछन् ।
हिमालयन एयरको विमान चार्टर गरेर प्रधानमन्त्री ओली चीन जान थालेका छन् ।
भ्रमण टोलीमा व्यवसायीबाट ५२ जना, मिडिया डेलिकेशन ११ जना, प्रधानमन्त्रीको अफिसियल टोली ४८ जना छन् ।
यसमा बेइजिङ दूतावासको टोली पनि थपिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताएका छन् ।
चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उनले भनेका थिए, “तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।”
पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गरेका थिए ।
प्रधानमन्त्री ओलीले भ्रमणवारे आज संसदलाई जानकारी दिँदैछन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
-
नेपाल–भारत सम्बन्ध ‘रिसेट’
-
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : ‘सन्तुलित कूटनीति’ मुख्य एजेण्डा
-
अबदेखि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उपत्यका बाहिर
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण