बैङ्किङ प्रणालीबाट एकै दिन ९० अर्ब तान्दै राष्ट्र बैङ्क

समाचार सारांश
- नेपाल राष्ट्र बैंकले एकै दिन बैंकहरुबाट ९० अर्ब रुपैयाँ उठाउने भएको छ।
- बैंकले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्।
- बोलकबोल दिउँसो ३ बजे हुनेछ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ।
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधवार एकै दिन बैङ्किङ प्रणालीबाट ९० अर्ब रुपैयाँ उठाउने भएको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ ।
यसअघि पनि एकै दिन ८० अर्बसम्म रकम बैङ्कहरूबाट उठाएको थियो । राष्ट्र बैङ्कले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ । जसमा बैङ्क तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्।
बुधवार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
राष्ट्र बैङ्कका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी साउन ७ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ९दशमलव० पछिको हकमा चार (अंकसम्म) उल्लेख गर्नुपर्नेछ ।
बहु ब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र
-
बाढीबाट जोगाउन तटबन्ध निर्माण
-
रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाडौँमा
-
दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका
-
‘महाभोज’ हेरेपछि सांसद शाही : सहकारीको विषयमा फेरि बोल्न बाध्य बनायो
-
उपप्रधानमन्त्री सिंहद्वारा धोबीखोला अनुगमन