कुर्स्क क्षेत्रको पुनःनिर्माणका लागि हजारौँ सेना पठाउँदैछ उत्तर कोरिया
सारांश
- उत्तर कोरियाले रुसको कुर्स्क क्षेत्र पुनर्निर्माण र बारुदी सुरुङ हटाउन हजारौं सैन्य कामदार पठाउने भएको छ।
- युक्रेन युद्धमा रुसलाई सहयोग गर्दै आएको उत्तर कोरियाले यसपटक कुर्स्कमा सैनिक र निर्माण कामदार पठाउने निर्णय गरेको हो।
- रुस र उत्तर कोरिया कुर्स्कमा मारिएका सैनिकको सम्मानमा स्मारक बनाउन सहमत भएका छन्, जसलाई भ्रातृत्व सहयोगको रुपमा लिइएको छ।
प्योङयाङ । उत्तर कोरियाले फेरि एक पटक रुसलाई सहयोग गर्न लागेको छ । रुसको कुर्स्क क्षेत्रको पुनर्निर्माण र बारुदी सुरुङ हटाउन उत्तर कोरियाले अब हजारौँ सैन्य कामदार पठाउन लागेको मस्कोको सुरक्षा प्रमुखले भनेको भन्दै बीबीसीले समाचार छापेको छ ।
युक्रेन विरुद्धको युद्धमा उत्तर कोरियाले रुसलाई धेरै पटक सहयोग गरिसकेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले कुर्स्क क्षेत्रमा बारुदी सुरुङ हटाउन एक हजार सैनिक र पूर्वाधार पुनर्स्थापना गर्न पाँच हजार सैन्य निर्माण कामदार पठाउने निर्णय गरेको रुसी सुरक्षा परिषद्का सचिव सर्गेई शोइगुले भनेको भन्दै रुसको समाचार एजेन्सी तासले समाचार छापेको छ ।
‘रुसी भूमिबाट युक्रेनी सेनालाई निष्कासन गरेपछि, हामी रचनात्मक सहयोग जारी राख्न सहमत भएका छौँ । यसमा, उत्तर कोरियाले कुर्स्क क्षेत्रको पुनर्स्थापनामा सहयोग प्रदान गर्नेछ । यो एक प्रकारको भ्रातृत्व सहयोग हो’ शोइगुले भने । रुस र उत्तर कोरियाले कुर्स्क मृत्यु भएका उत्तर कोरियाली सैनिकहरूको सम्मानमा दुवै देशमा स्मारक निर्माण गर्न सहमत भएको पनि उनले बताए ।
किमले कुर्स्कको वर्तमान अवस्थाबारे रुससँग उत्तर कोरियाको सहयोग दोहोर्याएको उत्तर कोरियाको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बताएको छ । उसको समाचारमा सैन्य निर्माण कामदार पठाउने कुरा उल्लेख गरिएको छ ।
रुसको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न भइरहेका प्रयासहरूलाई आफूले सधैँ र निःशर्त समर्थन गरेको किमको भनाई छ । किम र शोइगुले कुर्स्क क्षेत्रलाई मुक्त गर्न लामो समयदेखि उत्तर कोरियाली सेनाको काम प्रसारण गर्ने केही योजनाहरूलाई अनुमोदन गरेका छन् । यो लगभग तीन महिनामा उत्तर कोरियाको शोइगुको तेस्रो भ्रमण थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण