एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : उपाध्यक्ष पौडेल
सारांश
- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या समाधान गर्न सकिने बताए।
- उनले पार्टी एकता जोगाउँदै एमालेको भूमिकालाई प्रभावकारी बनाउन नेतृत्व सक्षम रहेको दाबी गरे।
- पौडेलले कार्यकर्तामा उत्साह कम भएको भन्दै थप छलफलको आवश्यकता औंल्याए।
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरू समाधानयोग्य रहेको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।
पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझ प्रभावकारी बनाउन सक्ने सामर्थ्य पार्टी नेतृत्वसँग रहेको उनको दाबी छ । उनले पार्टी नेतृत्वको काबुभन्दा बाहिर कुनै पनि समस्या नरहेको उल्लेख गर्दै पार्टीभित्रका समस्या समाधान गर्न सक्ने क्षमता आफूहरूसँग रहेको दोहोर्याए । उनले कार्यकर्ता तहमा सक्रियता र उत्साहमा कमी आएकोप्रति चिन्ता व्यक्त गर्दै थप छलफलको आवश्यकता रहेको पनि बताए ।
उनले भने, ‘आज नेकपा एमालेमा हाम्रो काबुभन्दा बाहिर, हामीले समाधान गर्न नसक्ने कुनै समस्या छ जस्तो लाग्दैन । समस्याहरू छन् तर ती सबै हाम्रो काबुभित्र छन्, समाधान गर्न सक्ने तहभित्रै छन् । अहिलेको पार्टीको नेतृत्वले पार्टीमा देखिएका कुनै पनि समस्याको समाधान गर्न सक्छ । र पार्टीको एकता सुरक्षित गर्दै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अझै प्रभावकारी बनाउँदै अगाडि बढ्न सक्छ भन्ने कुरामा हाम्रा सबै नेता कार्यकर्ताहरूले विश्वास गर्नुपर्छ । र त्यो सामर्थ्य हामीसँग छ भन्ने विश्वास समेत छ ।’
उनले अहिले पार्टी पङ्क्तिमा अलिकति त्यो गति, उत्साह र ऊर्जा कम देखिएको बताए । उनले भने, ‘एक समय थियो जतिबेला पार्टीले आह्वान गर्ने बित्तिकै हजारौँ लाखौँ मान्छे सडकमा उत्रिन्थे । अहिले थोरै मान्छे जुटाउन पनि निकै मेहेनत गर्नुपर्ने स्थिति सिर्जना भएको छ, किन ? अहिले पार्टी र पार्टी कार्यकर्तामा किन शिथिलताको स्थिति बन्यो भन्ने कुरा अलिकति छलफल र चिन्ताको विषय हो ।’
उनले पार्टी नेतृत्वको सवालमा ठुला विवाद उत्पन्न नहुने विश्वास व्यक्त गर्दै उनले पार्टीका आन्तरिक समस्याको समुचित मूल्याङ्कन गरेर निष्कर्षमा पुग्नुपर्ने बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण