प्राधिकरणका प्रमुखले गरे सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण
सारांश
- राष्ट्रिय विपद् प्राधिकरणका प्रमुखको नेतृत्वमा टोलीले सिनामंगलस्थित सशस्त्र प्रहरी बलको विपद् उद्धार कार्यालयको निरीक्षण गर्यो।
- टोलीले उद्धार क्षमता र सामग्रीको अवस्थाबारे जानकारी लियो, प्राधिकरणले सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गर्यो।
- सशस्त्र प्रहरीका अधिकारीहरूले आगामी तयारीबारे जानकारी गराए र नयाँ प्रविधि भित्र्याउन पहल गर्नुपर्ने बताए।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट नेतृत्वको टोलीले सशस्त्र प्रहरी बल, नेपाल नं. २० गण को सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण गरेका छन् । बुधबार सो टोलीले उद्धार कार्यालयको निरीक्षण गरेका हुन् ।
टोलीले खोज तथा उद्धार क्षमता एवं सामग्रीको अवस्थाबारे जानकारी लिएको थियो । उक्त अवसरमा कार्यकारी प्रमुख भट्टले नेपालको विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा गर्दै आवश्यक साधन स्रोतको व्यवस्था गर्न प्राधिकरणका तर्फबाट सक्दो प्रयास गर्ने बताए ।
सशस्त्र प्रहरी बल, ९ नं बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेशकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले विगतमा गरेका काम र आगामी तयारीबारे जानकारी गराए । उनले विपद् व्यवस्थापनमा प्रयोग भइरहेका नयाँ प्रविधिहरू भित्र्याउन पहल गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
यसैगरी सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठले सशस्त्र प्रहरीसँग भएका जनशक्ति र विपद् व्यवस्थापनमा भएका कामहरूबारे प्रस्तुतीकरण गरेका थिए । निरीक्षण भ्रमणमा प्राधिकरणका सहसचिवद्वय बन्धुप्रसाद बास्तोला, रोशनी कुमारी श्रेष्ठ, उपसचिव सुशीलकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण