बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
मितेरी सहकारीको रकम अपचलन

ज्योति भण्डारीलाई कम्बोडियाबाट आज काठमाडौँ ल्याइँदै

बुधबार, ०४ असार २०८२, १४ : ४८
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइँदैछ।
  • भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिश जारी भएको थियो र उनलाई ल्याउन प्रहरी अधिकारी कम्बोडिया गएका छन्।
  • भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको आरोप छ र यस विषयमा अनुसन्धान भइरहेको छ।

काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइँदैछ । आरोपी भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिश जारी भएको थियो ।

भण्डारीलाई ल्याउन नेपाल प्रहरीका अधिकृत कम्बोडिया गएका छन् । बुधवार राति सिंगापुर एयरलाइन्सको उडानमार्फत उनलाई काठमाडौँ ल्याउन लागिएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरी स्रोतका अनुसार भण्डारी राति १० बजे त्रिभुवन विमानस्थलमा उत्रिनेछन् । कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेका हुन् । पक्राउ परेको सूचना पाएसँगै उनलाई नेपाल ल्याउन इन्टरपोल मार्फत पत्राचार गरिएको थियो ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा उनी विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । बर्दिया घर भएका ज्योति भण्डारी समेतले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

मितेरीको रकम अपचलनमा संलग्न आरोपमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप