अपडेट
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
बिहीबार, ०५ असार २०८२, २२ : १४
२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभाग प्रमुखहरूमा मनोनयन र जिम्मेवारी हेरफेर गरेको छ।
- डा. स्वर्णिम वाग्लेलाई नीति तथा विचार प्रमुख र मनिष झालाई अभियान तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
- राजन गौतमलाई कृषि विभाग प्रमुखको जिम्मेवारी दिइएको छ, वाग्ले यसअघि अर्थ विभाग प्रमुख थिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभाग प्रमुखहरूमा मनोनयन र जिम्मेवारी हेरफेर गरेको छ ।
बुधवार बसेको सो पार्टीको सचिवालय बैठकले नीति तथा विचार प्रमुखमा डा स्वर्णिम वाग्ले मनोनयन भएका छन् भने अभियान तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी मनिष झाले पाएका छन् ।
त्यस्तै कृषि विभाग प्रमुखको जिम्मेवारी चितवनका राजन गौतमले पाएका छन् । यसअघि पार्टी उपसभापति समेत रहेका वाग्ले अर्थ विभाग प्रमुख रहेका थिए ।
रास्वपाले ऊर्जा तथा जलस्रोत विभागको संयोजकमा श्रीराम न्यौपानेलाई मनोनीत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण