प्रेमीसँग फेला परेकी पत्नीको नाक टोकिदिएपछि...
सारांश
- भारतको हरदोइमा एक पुरुषले आफ्नी पत्नीको नाक टोकेर छिनाए।
- पत्नीको अवैध सम्बन्ध रहेको थाहा पाएपछि पतिले यस्तो कार्य गरेको बताइएको छ।
- घटनापछि प्रहरीले पतिलाई गिरफ्तार गरेको छ, भने प्रेमीविरुद्ध उजुरी परेको छ।
नयाँ दिल्ली । भारतमा एक पुरुषले आफ्नी पत्नीको नाक नै टोकेर छिनालेका छन् । भारतको उत्तर प्रदेश राज्यको हरदोइमा पत्नीको अवैध सम्बन्ध थाहा पाएका पुरुषले नाक टोकेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार हरियावा थाना क्षेत्र अन्तर्गत निवासी रामखेलावनले पत्नी पूजादेवीको नाक टोकेका थिए । पूजादेवी र सुशील कुमारबिच विगत १० महिनादेखि प्रेम सम्बन्ध रहँदै आएको बताइएको छ ।
रामखेलावनले पत्नी पूजादेवीलाई सुशीलकुमारसँग सम्पर्क नगर्न दबाब दिँदै आएका थिए । पतिले निरन्तर सोही विषयमा दबाब दिएपछि पूजादेवी बुधबार बिहान गाउँमै रहेका प्रेमीको घरमा पुगेकी थिइन् ।
यो थाहा पाएपछि पत्नीको पछि लागेर सुशील कुमारकै घर पुगेका रामखेलावनले पत्नीलाई सम्झाइ–बुझाइ गर्ने प्रयास गरेका थिए । तर, पत्नी उनीसँग फर्कन नमानेपछि रिसको झोकमा पत्नीको नाक नै टोकेर छिनालिदिएका थिए ।
पूजालाई लिएर प्रहरी कार्यालय पुगेर प्रेमी सुशीलकुमारले रामखेलावनविरुद्ध उजुरी दिएका छन् । सोही उजुरीको आधारमा प्रहरीले रामखेलावनलाई गिरफ्तार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण