प्रेमीसँग फेला परेकी पत्नीको नाक टोकिदिएपछि...

समाचार सारांश
- भारतको हरदोइमा एक पुरुषले आफ्नी पत्नीको नाक टोकेर छिनाए।
- पत्नीको अवैध सम्बन्ध रहेको थाहा पाएपछि पतिले यस्तो कार्य गरेको बताइएको छ।
- घटनापछि प्रहरीले पतिलाई गिरफ्तार गरेको छ, भने प्रेमीविरुद्ध उजुरी परेको छ।
नयाँ दिल्ली । भारतमा एक पुरुषले आफ्नी पत्नीको नाक नै टोकेर छिनालेका छन् । भारतको उत्तर प्रदेश राज्यको हरदोइमा पत्नीको अवैध सम्बन्ध थाहा पाएका पुरुषले नाक टोकेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार हरियावा थाना क्षेत्र अन्तर्गत निवासी रामखेलावनले पत्नी पूजादेवीको नाक टोकेका थिए । पूजादेवी र सुशील कुमारबिच विगत १० महिनादेखि प्रेम सम्बन्ध रहँदै आएको बताइएको छ ।
रामखेलावनले पत्नी पूजादेवीलाई सुशीलकुमारसँग सम्पर्क नगर्न दबाब दिँदै आएका थिए । पतिले निरन्तर सोही विषयमा दबाब दिएपछि पूजादेवी बुधबार बिहान गाउँमै रहेका प्रेमीको घरमा पुगेकी थिइन् ।
यो थाहा पाएपछि पत्नीको पछि लागेर सुशील कुमारकै घर पुगेका रामखेलावनले पत्नीलाई सम्झाइ–बुझाइ गर्ने प्रयास गरेका थिए । तर, पत्नी उनीसँग फर्कन नमानेपछि रिसको झोकमा पत्नीको नाक नै टोकेर छिनालिदिएका थिए ।
पूजालाई लिएर प्रहरी कार्यालय पुगेर प्रेमी सुशीलकुमारले रामखेलावनविरुद्ध उजुरी दिएका छन् । सोही उजुरीको आधारमा प्रहरीले रामखेलावनलाई गिरफ्तार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज
-
इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?
-
लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा बल्खुबाट ८ जना पक्राउ
-
भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे