बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

प्रतिनिधिसभामा बैठकमा रास्वपा र राप्रपाको विरोध

बिहीबार, ०५ असार २०८२, १३ : ०५
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले प्रतिनिधिसभा बैठकमा विरोध कायमै राखेका छन्।
  • सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ उनीहरूले विरोध जनाए।
  • उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै जेठ १३ गतेदेखि बैठक अवरुद्ध गर्दै आएका छन्।

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफूहरूको विरोध कायमै राखेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै उठेर विरोध गरेका हुन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप