संसद् बैठक
प्रतिनिधिसभामा बैठकमा रास्वपा र राप्रपाको विरोध
बिहीबार, ०५ असार २०८२, १३ : ०५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले प्रतिनिधिसभा बैठकमा विरोध कायमै राखेका छन्।
- सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ उनीहरूले विरोध जनाए।
- उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै जेठ १३ गतेदेखि बैठक अवरुद्ध गर्दै आएका छन्।
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफूहरूको विरोध कायमै राखेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै उठेर विरोध गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण