चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक
काठमाडौँ । सिमा गुरुङ निर्देशित चलचित्र ‘रङ डेस्टिनेशन २’को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारी र गायक ओम सुनारको स्वर रहेको रोमान्टिक गीतमा सङ्गीत पनि गायक सुनारकै छ । गीतमा शब्द मुना शाहको रहेको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आयशा तामाङ र किरण श्रेष्ठ देखिएका छन् । कल्चरल ड्रेस र कोरस समेत प्रयोग गरिएको गीतको भिडियोमा कोरियोग्राफी रोशनी थापा मगरले गरेकी हुन् ।
फुलमुन मोसन फिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र हरर र थ्रिलर कथामा निर्माण भएको हो । किरण श्रेष्ठ, आयशा तामाङ, कालु राणा, आकी थेक्पा, सुगन तन्दुकर, उज्वल, सञ्जय थापा, सकल रेग्मीलगायतका कलाकारहरू चलचित्रमा छन् ।
चलचित्र कार्यकारी निर्माता सुगन तन्दुकर हुन् भने निर्माता समाइरा तन्दुकार र शर्मिला लामा रहेका छन् । चलचित्रको प्रदर्शन मिति भने तय गर्न बाँकी रहेको छ । चलचित्रममा सञ्जय थापाको द्धन्द्ध, रणधीर श्रेष्ठको छायाङ्कन र बनिश शाहको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण