तस्विरमा यस्तो देखियो राष्ट्रियसभाका सदस्यहरुको ‘लक्की ड्र'
काठमाडौं । राष्ट्रिय सभाका ५९ सांसदको कार्यकालका लागि आज गोलाप्रथा गरिएको छ।
प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने भएपछि नयाँ संविधान पछिको पहिलो सदन भएकाले यसका एक तिहाई सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ ।
त्यहीँ अनुसार १९ सांसदको दुई वर्ष कार्यकाल हुनेछ । अरु २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुने गरी गोलाप्रथा गर्न थालिएको छ ।
सचिवालयले आइतबार पत्रकार सम्मेलनमार्फत गोलाप्रथाको विधिबारे जानकारी गराएको थियो ।
सबै सांसदलाई विभिन्न पाँच समूहमा विभाजन गरी गोलाप्रथा गरिएको थियो। ५९ मध्ये १९ जनाको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकीको ६ वर्ष हुने गरी गोलाप्रथा गरिएको छ।
अध्यक्ष, सत्तापक्षको नेता र विपक्षी दलको नेता पनि सहभागी हुनेछन् । हाल राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमल्सिना, सत्तापक्षको नेता रहेका दीनानाथ शर्मा र प्रमुख विपक्षी दलको नेता रहेका सुरेन्द्र पाण्डेमध्ये एकजनाको दुई वर्ष, अर्का एकजनाको चार वर्ष र बाँकी एकको ६ वर्ष पदावधि हुने निश्चित छ । उनीहरू तीनैजना प्रदेश नम्बर ४ बाट अन्य खुला समूहबाट निर्वाचित भएका हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनादेखि गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडासम्मको कार्यकालको टुंगो गोलाप्रथाबाट लागेको छ ।
अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षमात्रै कायम भएको छ । –गोला तान्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कार्यकाल ६ बर्ष परेको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको कार्यकाल पनि ६ वर्ष कायम हुने भएको छ । तिमल्सिना प्रदेश ४ बाट राष्ट्रियसभा सदस्य चयन भएका थिए । यसैगरी राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल ४ वर्ष कायम भएको छ भने दीनानाथ शर्माको कार्यकाल पनि ४ वर्ष कायम भएको छ ।
संघीय संसद्को सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन सक्ने व्यवस्था संविधानमा उल्लेख छ । ६ महिनाभित्र संघीय संसद्को सदस्य नभए मन्त्री पद खारेज हुनेछ भने सदस्य भए मन्त्री पद कायम रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण