शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

विराटनगरका मेयर कोइराला इजरायलबाट स्वदेश फर्किए

शुक्रबार, ०६ असार २०८२, ०९ : ५१
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला इजरायलबाट स्वदेश फर्किए।
  • मेयर कोइराला एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन इजरायल पुगेका थिए।
  • इजरायलको सुरक्षा अवस्थाका कारण सम्मेलन स्थगित भएपछि उनी त्यहाँ केही दिन बसे।

काठमाडौँ। कार्यक्रमको सिलसिलामा युद्धग्रस्त इजरायल पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला स्वदेश फर्किएका छन् । 

एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन इजरायल पुगेका उनी सम्मेलन स्थगित भए पनि उडान टिकट अघि सार्न नमिलेपछि केही दिनयता इजरायलमा रहेका थिए । 

उनी जुन १७ देखि १९ सम्म आयोजना हुने भनिएको मुनी वर्ल्ड कन्फरेन्समा भाग लिन इजरायल पुगेका थिए । 

तर, इजरायलको वर्तमान सुरक्षा अवस्थाका कारण अन्तिम समयमा उक्त सम्मेलन स्थगित गरिएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप