सात हलमा ‘अञ्जिला’ले मनायो सय दिन
काठमाडौँ । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले लगातार प्रदर्शनको एक सय दिन पार गर्न सफल भएको छ । फिल्मले शुक्रबारबाट ७ हलमा प्रदर्शनको एक सय दिन पार गरेको हो ।
फिल्मले काठमाडौँको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मल, काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शनको एक सय दिन पुरा गरेको हो ।
निर्देशक मिलन चाम्सले फिल्म प्रति दर्शकले देखाएको मायामा आभार व्यक्त गरेका छन् । ‘अञ्जिला’ले हालसम्म १२ करोड माथिको व्यापार गरिसकेको बताइन्छ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहनेर निर्माण भएको फिल्ममा एन्जिलानै मुख्य भूमिकामा देखिएकी छन् । फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण