मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग
शुक्रबार, ०६ असार २०८२, १० : ५४
सारांश
- मनसुनको सक्रियतासँगै परेको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र बाढीले राजमार्ग अवरुद्ध भएका छन्।
- पाँच प्रदेशका विभिन्न जिल्लामा कम्तीमा १३ वटा मुख्य सडक खण्डमा यातायात प्रभावित भएको छ।
- गृह मन्त्रालयका अनुसार, केही राजमार्ग पूर्ण रूपमा बन्द छन् भने केही एकतर्फी मात्र सञ्चालनमा छन्।
काठमाडौँ । मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र बाढीले राजमार्गहरू अवरुद्ध भएका छन्। पछिल्लो विवरणअनुसार, पाँच प्रदेशका विभिन्न जिल्लामा गरी कम्तीमा १३ वटा मुख्य सडक खण्डमा यातायात प्रभावित भएको छ।
गृह मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार, केही राजमार्गहरू पूर्ण रूपमा बन्द छन् भने केही एकतर्फी मात्र सञ्चालनमा छन्, जसले गर्दा यात्रुहरूले सास्ती खेप्नुपरेको छ।
अरनिको राजमार्ग, महेन्द्र राजमार्ग, कालीगण्डकी कोरिडोर, राप्ती राजमार्ग र दाङ सल्यान सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छन् ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण