मेटमणिविरुद्ध बैङ्किङ कसुरको जाहेरी सनाखत गरिँदै
सारांश
- नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसूरको जाहेरी दर्ताको तयारी भइरहेको छ।
- दाङ प्रहरीले हुलाकबाट आएको जाहेरीमाथि सनाखत गर्दै जाहेरवालालाई रकमको स्रोत देखाउन आग्रह गरेको छ।
- प्रहरीले सनाखत गरेपछि जाहेरी दर्ता गर्ने र मिलापत्रको सम्भावना रहेको जनाएको छ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध परेको जाहेरी प्रहरीले सनाखतपछि दर्ता गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकमार्फत पुगेको जाहेरी सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
चौधरीविरुद्ध धात बुढामगरले ५ करोड ४० लाखको बैङ्किङ कसुरको जाहेरी हुलाकमार्फत प्रहरीकहाँ पठाएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका ति अधिकृत भन्छन्, ‘जाहेरवालाले सो रकमको स्रोत देखाउनुपर्छ, हामी जोहरी सनाखत गराउँदै छौँ ।’
स्रोत खुलाएर सनाखत गरेपछि जाहेरी दर्ता गर्ने प्रहरीको तयारी छ । जाहेरी दर्ता भएसँगै अदालतबाट पक्राउ पुर्जी लिएर आरोपी पक्राउ गर्ने कानुनी व्यवस्था छ । बैङ्किङ कसुरको मुद्दामा मिलापत्र गर्न मिल्ने व्यवस्था भएको हुनाले चौधरीले जाहेरवालाको रकम फिर्ता गरेमा मिलापत्र हुनसक्ने प्रहरी अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण