टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला
काठमाडौँ । राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट ६० किलो सुन बरामद गरेपछि बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परे ।
२०८० साउनमा दोस्रो साता छिरिङ पक्राउ परेपछि अमला रोका फरार भइन् । तिब्बतीयन मूलका बेल्जियन छिरिङकी पत्नी हुन् अमला ।सुन तस्करीमा संलग्न छिरिङ पक्राउ परेको झन्डै दुई वर्षपछि अमलालाई टोखाबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
टोखा नगरपालिका–३ स्थित सुर्यदर्शन हाइटबाट उनलाई पक्राउ गरिएको ब्युरोका एसपी युवराज खड्काले रातोपाटीलाई बताए ।उनी फ्ल्याट लिएर टोखामा बस्दै आएकी थिइन् । अमलाका बहिनीहरू पनि सँगै बस्थे । फ्ल्याट बाहिर ननिस्किने अमलालाई लामो समय निगरानी गरेर पक्राउ गरिएको ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
रोल्पा घर भएकी अमला हङकङबाट काठमाडौँ ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अमला माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुन ‘अनन्त’ सँग निकट छिन् । रोल्पा–काठमाडौँ सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष भएर काम गरेकी अमला र अनन्तको बिचमा ‘पारिवारिक सम्बन्ध’ रहेको सो पार्टीका कार्यकर्ताहरू बताउँछन् ।
२०८० भदौमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अमलालाई फरार प्रतिवादी बनाएर अदालतमा सुन तस्करीको मुद्दा दायर गरेको थियो ।उनी ठमेल स्थित ‘होटल भियना’को सञ्चालिका पनि हुन् । अमला पतिकै कारण सुन तस्करीमा जोडिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
दावाले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । दावा अहिले सुन प्रकरणमा थुनामा छन् ।
अमला विरुद्ध २०८० माघ २४ मा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले डिफ्युजन नोटिस जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण