शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
अपराध

६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ

शुक्रबार, ०६ असार २०८२, १६ : ५०
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • ६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका काठमाडौँको टोखाबाट पक्राउ परेकी छिन्।
  • रोका सुन तस्करीमा जोडिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन्।
  • अमला रोकाको खोजीका लागि इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको थियो।

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ परेकी छन् । प्रहरीले उनलाई शुक्रबार काठमाडौँको टोखाबाट पक्राउ गरेको हो । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी रोकाको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो ।

रोका सुन काण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रीमती समेत हुन् । रोकाको नाममा ठमेलस्थित होटेल भियना दर्ता छ । राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप