अपराध
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
शुक्रबार, ०६ असार २०८२, १६ : ५०
सारांश
- ६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका काठमाडौँको टोखाबाट पक्राउ परेकी छिन्।
- रोका सुन तस्करीमा जोडिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन्।
- अमला रोकाको खोजीका लागि इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको थियो।
काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ परेकी छन् । प्रहरीले उनलाई शुक्रबार काठमाडौँको टोखाबाट पक्राउ गरेको हो । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी रोकाको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो ।
रोका सुन काण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रीमती समेत हुन् । रोकाको नाममा ठमेलस्थित होटेल भियना दर्ता छ । राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण