महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख
सारांश
- महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४३ करोड ९४ लाख ७३ हजार ६ सय २४ बराबरको बजेट प्रस्तुत गरेको छ।
- गाउँपालिकाले सडक निर्माण, अस्पताल निर्माण, विद्युतीय चुल्हो वितरण, सिसिटिभी जडान, र वाईफाई फ्री जोन बनाउने योजनाहरू अघि सारेको छ।
- बजेटले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक स्रोतबाट जुट्ने रकमलाई समावेश गरेको छ, जसले पालिकाको विकास योजनालाई सहयोग गर्नेछ।
महोत्तरी। महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि रु ४३ करोड ९४ लाख ७३ हजार छ सय २४ बराबरको बजेट प्रस्तुत गरेको छ ।
महोत्तरी गाउँपालिकाद्वारा शुक्रबार आयोजित १३ औँ गाउँ सभामा अध्यक्ष दिलीपकुमार पाण्डेले भने, “समृद्ध नेपाल, सुखी नेपालीको नारा मूलमन्त्र मान्दै ‘समृद्ध गाउँपालिका, सुखी गाउँपालिकावासी’ बनाउने उद्देश्यले आर्थिक वर्ष २०८२/८३ लागि रु ४३ करोड ९४ लाख ७३ हजार छ सय २४ बराबर बजेट प्रस्तुत गरेको छु ।”
उनका अनुसार पालिकाले सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट रु नौ करोड ५२ लाख, सशर्त अनुदानबाट रु १४ करोड ५३ लाख, विशेष अनुदानबाट रु एक करोड र समपूरक अनुदानबाट रु एक करोड पाँच लाख प्राप्त हुने देखाइएको छ । त्यसैगरी प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानबाट रु ६६ लाख आठ हजार, सशर्त अनुदानबाट रु ८० लाख, विशेष अनुदानबाट रु ३० लाख र समपूरक अनुदानबाट रु २० लाख प्राप्त हुनेछ । सङ्घीय सरकारको राजस्व बाँडफाँटबाट रु आठ करोड ३९ लाख ४९ हजार एक सय ८४, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु ४९ लाख १६ हजार चार सय ४० र आन्तरिक स्रोतबाट रु सात करोड जुट्ने भएको छ ।
गाउँपालिकाले प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा गौरवको आयोजनामा गाउँपालिकादेखि सबै वडा हुँदै जिल्ला सदरमुकाम जलेश्वरसम्म पुग्ने बाटोमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने कार्यक्रमलाई अघि सारेको छ । महत्त्वपूर्ण तथा महत्त्वाकाङ्क्षी योजनामा स्थानीय समुदायसँगको सहकार्यमा १५ शैय्याको अस्पताल निर्माणको लागि जग्गा प्राप्ति, छ हजार घर परिवारलाई एक घर एक विद्युतीय चुल्हो वितरण, गाउँपालिकाको सबै वडाको मुख्य मुख्य चौकमा सिसिटिभी जडान, वाई फाइ फ्री जोन बनाइनेलगायत कार्यक्रम राखिएको छ ।
त्यस्तै प्रत्येक वडामा शुद्ध खानेपानी, पार्क निर्माण, किसानका लागि शितगृह निर्माण, डीप ट्युबवेल जडान, बजार व्यवस्थापनलगायत कार्यक्रमलाई गाउँपालिकाले महत्त्वका साथ अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपालाई नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि भोट छ : राजेन्द्र लिङ्देन
-
उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्रको संस्थागत गुणस्तर सुधाछौँ : स्वर्णिम वाग्ले
-
मुलुक परिवर्तनका लागि रास्वपाले विकृति र विसंगति अन्त्य गर्न सकोस् : उपेन्द्र यादव
-
रास्वपाको राजनीतिक पुनर्जागरणको प्रारम्भ भयो : स्वर्णिम वाग्ले (पूर्णपाठ)
-
बुवाआमासँग पैसा धुत्न १२ वर्षीय छोरीले आफ्नै अपहरणको नाटक गरेपछि...
-
रास्वपा महाधिवेशनलाई डा. सीके राउतले भने– यो क्रान्तिको महोत्सव पनि हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण