यो बजेट १६ औँ योजनाको उद्देश्य र सोचसँग मेल खाँदैन : सांसद सापकोटा
सारांश
- माओवादी केन्द्रका सांसद माधव सापकोटाले आगामी बजेट १६औँ योजनाको उद्देश्यसँग तालमेल नमिलेको बताए।
- उनले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउने योजना नभएको भन्दै ऊर्जामन्त्रीको ध्यानाकर्षण गराए।
- सांसद सापकोटाले टेक एन्ड पे प्रस्तावको विरोध गर्दै सरकारलाई लोकतान्त्रिक विधिबाट अघि बढ्न आग्रह गरे।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आर्थिक वर्ष २०८२/०८३ को बजेट १६ औँ योजनाको उद्देश्य र सोचसँग तालमेल नमिलेको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद सापकोटाले १६ औँ योजनाको उद्देश्यमा समेटिएका सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्नेतर्फ स्पष्ट मार्गचित्र नभएको दाबी गरे ।
उनले बजेटमा र यस आर्थिक वर्षमा डेडिकेटेड र ट्रंक लाइनको विवादित बक्यौता रकम उठाउने बारेमा स्पष्ट योजना नभएको भन्दै ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्रीको ध्यानाकर्षण गराए ।
सांसद सापकोटाले विवादित बक्यौता नउठाउँदा राष्ट्रप्रति गम्भीर घात हुने बताउँदै बजेटमा व्यवस्था गरिएको टेक एन्ड पे गम्भीर प्रकारको कमजोरी भएकोले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण मेरुदण्ड मानिएको ऊर्जा क्षेत्र ध्वस्त हुने बताए । यो प्रस्तावबाट सरकार पछि हटेर ऊर्जा क्षेत्रको वातावरण सङ्लो बनाउन मेहनत गर्नुपर्नेमा जोड दिए ।
सांसद सापकोटाले भने, ‘विरोधमा रहनुभएका माननीयज्यूहरूको माग सम्बोधनका लागि सरकारको जोडदार पूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । निरङ्कुश शैलीमा बलजफत संसद् चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन । यसले लोकतन्त्रलाई गिज्याइरहेको छ र हाम्रो संसद्को ओज गरिमालाई बढाएन भनेर दुःख समेत व्यक्त गर्न चाहन्छु । र विकास निर्माणका बारेमा हामी चर्चा गरिरहेका छौँ । विकासको छलफल गर्दा अहिले हामी १६ औँ योजनालाई मार्गदर्शन मानेर विकास निर्माणका सबै बजेटका योजनाहरू सम्पादन गरिनुपर्ने हो । आज १० वटा विषयगत छलफलमा सहभागी छौँ । समग्र बजेटको ट्रेन्ड हेर्दा र विनियोजन गरिएका शीर्षकहरूको समेत छलफलमा भाग लिँदा के भन्न सकिन्छ भने १६औँ योजनाको उद्देश्य र यसको सोचसँग तालमेल मिलेको देखिँदैन ।’
उनले टेक एण्ड पे को प्रस्तावबाट सरकार पछाडि हट्नुपर्नेमा समेत जोड दिए । उनले विरोधमा रहेका दलको माग सम्बोधनका लागि ध्यानाकर्षण गराउँदै निरङ्कुश शैलीमा बलजफत संसद् चलाउनु सुहाउँदो नभएको टिप्पणी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण