नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ : उपाध्यक्ष घिमिरे
सारांश
- राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताइन्।
- नेपालले चीनको हित विरूद्ध कुनै पनि गतिविधि हुन नदिने र चीनको सम्मान गर्ने कुरा दोहोर्याइन्।
- उनले नेपाल-चीन सम्बन्ध प्रवर्द्धन र सहयोगको अपेक्षा गरिन्, साथै तिब्बत र नेपालको सांस्कृतिक सम्बन्धको चर्चा गरिन्।
काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताएकी छन् । नेपाल र चीन बिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा शनिबार आयोजना गरिएको ‘अ विन्डो टु चाइना सिजाङ’ कार्यक्रमलाई सम्बोधन गर्दै एक चीन नीति प्रतिको प्रतिबद्धता दोहोर्याएकी हुन्।
उपाध्यक्ष घिमिरेले एक चीन नीतिमा नेपालको आधारभूत अडानलाई आन्तरिक र बाह्य परिस्थितिको बदलावले प्रभाव नपार्ने बताउँदै हाम्रो भूमिमा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो प्रतिबद्धता दोहोर्याइन् ।‘नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ’, उनले भनिन्, ‘हाम्रो प्रतिबद्धता बलियो, स्पष्ट, सीधा र अटल छ, हाम्रो भूमिमा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो प्रतिबद्धता दोहोर्याउन चाहन्छौँ।’
उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताउँदै भेटले नेपाल–चीन सम्बन्धका बारेमा जानकारी आदानप्रदानका साथै द्विपक्षीय सम्बन्धलाई थप प्रवर्द्धन र पारस्परिक हितका लागि सहयोग गर्ने विषयमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताइन् ।
तिब्बत आफैमा चित्रकला त्यसमा पनि बौद्ध धर्म सम्बन्धी कला सामग्रीहरू, मौलिक र परम्परागत तिब्बती लोकसंगीत, नृत्यका कारण धनी रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले यो कार्यक्रमले हिमाली सौन्दर्य, परम्परा र परिवर्तन जस्ता विषयवस्तुका बारेमा सबैलाई जानकारी गराउन तथा तिब्बतलाई नजिकबाट बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
नेपालकी राजकुमारी भृकुटी र तिब्बती राजा सोंछेन गम्पोबिचको विवाहले नेपाली कला र संस्कृतिलाई तिब्बतमा प्रवाह गरेको बताउँदै तिब्बत केवल चीनको आँखी झ्याल होइन यो सांस्कृतिक, धार्मिक र मानवताको एउटा अनुपम विरासत रहेको उनको भनाई थियो ।
चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिस्ट पार्टीका सचिव महामहिम वाङ जुनझेङलडे दुई वर्ष अघि गरेको नेपाल भ्रमणपछि तिब्बतसँग जोडिएका नाकाहरू सञ्चालन भएको, तिब्बतमा घाँस निर्यात भएको तथा पोखराबाट ल्हासा सम्म हिमालय एयरलाइन्सले सिधा उडान सुरु गरेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले यसलाई निरन्तरता दिँदै चीनका बाँकी सहरमा पनि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान नियमित गर्न सकेमा चीनले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ लाई सार्थक बनाउन सकिने विश्वास लिएको जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण