बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रथम महानगरस्तीय ‘बडिबिल्डिङ च्याम्पियन’ का विजेतालाई प्रधानमन्त्रीबाट पुरस्कार प्रदान

शनिबार, ०७ असार २०८२, १९ : ४१
शनिबार, ०७ असार २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले 'फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप' का विजेतालाई पुरस्कार प्रदान गरे। विजेता कृष महर्जनलाई ५ लाख र ट्रफी प्रदान गरियो।
  • कार्यक्रममा शारीरिक सुगठन खेलका विजेता र योगदानकर्तालाई सम्मान गरियो। प्रधानमन्त्रीले स्वस्थ जीवनका लागि शारीरिक सुगठनको महत्त्वबारे प्रकाश पारे।
  • प्रधानमन्त्री ओलीले युद्धको समयमा मानवीय स्वास्थ्यको प्रगतिले विश्व शान्ति कायम गर्न मद्दत गर्ने बताए र अन्तर्राष्ट्रिय खेल जित्ने खेलाडीलाई सरकारले पुरस्कार दिने कुरा दोहोर्याए।

काठमाडौँं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई आज पुरस्कार प्रदान गरेका छन् । काठमाडौँ महानगरपालिका, वडा नं. २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेडाली कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट रु पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो ।

नेपाल शाररीक सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शाररीक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदाताहरुलाई सम्मान गरिएको थियो । 

प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पति रहेकाले शाररीक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने बताउँदै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएकाले आरोग्यताका लागि सबैले ध्यान दिर्नुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा जितेर नेपाललाई विश्वमाझ चिनाउने खेलाडीलाई सरकारले नगद पुरस्काकर प्रदान गर्दै आएको स्मरण गराए ।

‘दुनियाँमा आज युद्ध भइरहेको छ । एकले अर्को देशमा हमला गरेर, मान्छे मारेर होइन, यस्ता प्रतियोगिता गरेर जितेर मानवीय स्वास्थ्यका लागि काम गर्न सकिन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘युद्धको बिभत्स विभिषिका चलेका बेला मानवीय स्वास्थ्य क्षेत्रमा प्रगति भएमा विश्व शान्ति कायम गर्न सकिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप