पत्रकार टोक्ने बारुलो नबनौँ : बस्नेत
सारांश
- प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा बारुलो जस्तो नभई माहुरी जस्तो हुनुपर्ने बताए।
- उनले मिडिया र सामाजिक सञ्जाल फरक भएको र सामाजिक सञ्जाल मिडिया नहुने कुरा बुझ्न सुझाव दिए।
- बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग रोक्न, रचनात्मक पत्रकारिताको विकास गर्न र अफवाह फैलाउने कार्य रोक्न जोड दिए।
काठमाडौँ । प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता कर्म गर्ने पत्रकार अरूलाई दुःख दिने बारुलो जस्तो हुन नहुने प्रतिक्रिया दिएका छन्। मिडिया र सामाजिक सञ्जालबिच फरक रहेको भन्दै बस्नेतले मिडिया सञ्चार माध्यमको स्वरूपमा हुने तर सबै सामाजिक सञ्जाल मिडिया नहुने कुरा सबैले बुझ्नुपर्ने बताए।
‘पत्रकारिता कर्म गर्ने पत्रकार अरूलाई दुःख दिने बारुलो हुन सक्दैनन्, मेहनती र कर्मठ कर्मी माहुरी जस्तै हुनुपर्छ,’ काउन्सिलमा रहँदा फेसबुक, टिकटक जस्ता सञ्जालमा समेत नियमन थालेका उनले भनेका छन् ।
कुन मिडिया हुन्, कुन होइनन् भन्ने भ्रम समाजमा बढिरहेका बेला उनले शनिबार सामाजिक सञ्जाल मार्फत प्रस्ट सुझाव राखेका हुन्। समाचार र अफवाह सूचनालाई चामल र भुस जत्तिकै छानेर ‘सञ्चारमाध्यमका रूपमा आएका सञ्जाल र अन्य सञ्जाल भनी छुट्याउन र चिन्नुपर्छ । गलत र अफवाहपूर्ण सूचना डिलिट हुन नसक्ने होइन,’ अधिवक्ता समेत रहेका बस्नेतले नियमनकारी निकाय काउन्सिलको प्रमुख हुँदाको अनुभवसहितका आधारमा लेखेका छन्।
उनको सुझाव छ– ‘राम्रो नदेख्ने र नलेख्ने सामाजिक सञ्जालको भाष्य हुनुहुन्न । नभएका कुरा जोडजाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामाग्री सञ्जालमा राख्नु उपर्युक्त हुन्छ ।’
सामाजिक सञ्जालको दुरुपयोग रोक्न र रचनात्मक पत्रकारिताको विकास गर्न काउन्सिलमा रहँदा भएका कामलाई अदालतले सदर गरेको थियो। मिडिया र सामाजिक सञ्जालबिच भेद खुलाउने गरी बस्नेतले यस्तो सुझाव राखेका छन्–
मिडिया सञ्चार माध्यमको स्वरूपमा हुन्छन् । सबै सामाजिक सञ्जाल मिडिया हुँदैनन् । यो भेद प्रस्ट बुझ्नुपर्छ। राम्रो नदेख्ने र नलेख्ने सामाजिक सञ्जालको भाष्य हुनुहुन्न । नभएका कुरा जोडजाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामाग्री सञ्जालमा राख्नु उपर्युक्त हुन्छ । गालीगलौज र अश्लील भाषा, हिंसा, द्वेष फैलाउने, मनमुटाब बढाउने, जातजाति, धर्म, रीतिरिवाज र संस्कृतिबिच फाटो ल्याउन खोज्ने, उक्साउन खोज्ने प्रवृत्ति फेसबुक, युट्युब, एक्स, टिकटकजस्ता सामाजिक सञ्जालमा भेटिँदा दुःख लाग्छ । नभएका कुरा गरेर फाटो ल्याउने, घृणास्पद शब्दसहितको गाली नेपाली संस्कार र संस्कृति पटक्कै होइन । आफ्नो संस्कृति आफै मिचेर बलवान होइँदैन ।
युट्युब र अन्य सामाजिक सञ्जाललाई अवसरका रूपमा लिई सदुपयोग गर्नुपर्छ। अफवाह सूचना र अनेकन् खालका नकारात्मक सामाग्री पोख्ने माध्यम बनाइनुहुन्न।
पत्रकार यस्ता विकृतितिर लट्पटिनु हुन्न। समाचार र अफवाह सूचनालाई चामल र भुस जत्तिकै छानेर सञ्चारमाध्यमका रूपमा आएका सञ्जाल र अन्य सञ्जाल भनी छुट्याउन र चिन्नुपर्छ । गलत र अफवाहपूर्ण सूचना डिलिट हुन नसक्ने होइन।
यी सबैमा रचनात्मक र समाधानमुखी सामाग्री पस्किन सके अहिलेका कतिपय गलत प्रवृत्ति आफै अन्त हुन्छ ।
प्रस्ट छ, सबै युट्युबवर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युबवर हुन सक्छन् । पत्रकारिता कर्म गर्ने पत्रकार अरूलाई दुख दिने बारुलो हुन सक्दैनन्, मेहनती र कर्मठ कर्मी माहुरी जस्तै हुनुपर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण