रवि पत्नी निकिताले भावुक हुँदै भनिन्– आर्थिक र मानसिक रूपमा ममाथि बज्रपात भयो
सारांश
- रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफू आर्थिक र मानसिक रूपमा पीडित भएको बताइन्। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि लामिछानेलाई छिटो घर फर्काउन आग्रह गरिन्।
- निकिताले रवि लामिछानेमाथि षड्यन्त्र भएको र उनले कुनै गल्ती नगरेको बताइन्। उनले रवि लामिछानेको स्वाभिमानको प्रशंसा गर्दै उनलाई फसाइएको आरोप लगाइन्।
- पौडेलले रवि लामिछानेलाई मुक्त गर्न र उनलाई न्याय दिलाउन सहयोगको याचना गरिन्। उनले राजनीतिक षड्यन्त्रको शिकार भएको भन्दै चिन्ता व्यक्त गरिन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आर्थिक र मानसिक रूपमा आफूमाथि बज्रपात भएको बताएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पौडेलले आफ्नो श्रीमानले करोड करोड धरौटी दिइसकेपछि पनि मान्छेको हाड, छाला, पसिना रगत लिने भन्दै सरकारलाई प्रश्न समेत गरेकी छन् ।
निकिताले भनेकी छन्– ‘जीवनमा धेरै दुःख कष्ट र सङ्घर्ष पार गरेर हामी दुईलाई दैवले जुराइदिएका हुन् तर आज म एक्लो भएँ ।आठ–आठ वटा अदालतको मुद्दा– कसरी झेलौँ , कसरी थेगौँ । आर्थिक अनि मानसिक रूपमा पनि ममाथि बज्रपात भएको छ।’
उनले भावुक हुँदै सामाजिक सञ्जालमा भनेकी छन्– ‘म राजनीति जान्दिन, जान्नु पनि छैन तर कसैले मेरो निर्दोष श्रीमानलाई छिटो घर फर्कने बाटो देखाइदेऊ । उसले कुनै अपराध गरेको छैन । कसैले किन्न नसक्ने स्वाभिमान भएको मेरो रवि लामिछानेले कसैको एक पैसा खाएको छैन। जीवनमा धेरै दुःख कष्ट र सङ्घर्ष पार गरेर हामी दुईलाई दैवले जुराइदिएका हुन् तर आज म एक्लो भएँ ।’
निकिताले यो देशको भाग्य र भविष्य बदल्छु भनेर आएका रवि लामिछानेहरू यसरी षड्यन्त्रको सिकार हुने हो भने म जस्ता निकिताहरुले भविष्यका रविहरूलाई घरबाट टीका लगाएर राजनीति गर्न किन पठाउँछन् भन्दै प्रश्न गरेकी छन् ।
उनले असार ७ गते सिङ्गो देशलाई साक्षी राखेर श्रीमानले आफ्नो नेतृत्वमा एउटा सपना जन्माएको दिन भएको तर तेस्रो वर्षमा आइपुग्दा यसका जन्मदातालाई राज्यले कालकोठरीमा थुनेको आरोप पनि लगाएकी छन्। निकिताले पार्टी स्थापनाको तेस्रो वर्षमा आइपुग्दा आफू दुःख–पीडाको पहाडले थिचिएको दु:खेसो समेत पोखेकी छन् ।
निकिताका पति रास्वपा सभापति लामिछाने अहिले सहकारी ठगीको आरोपमा भैरहवा कारागारमा रहेका छन् ।
यस्तो छ स्ट्याटस–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण