नागार्जुनमा रहेको मेडल गोदाममा आगलागी
सारांश
- काठमाडौंको बाफलस्थित एक मेडल तथा स्टिकर गोदाममा विद्युत् सर्ट भई आगलागी भएको थियो।
- आगलागी नियन्त्रणका लागि दमकल, सुरक्षाकर्मी र सेनाको संयुक्त प्रयास भएको थियो।
- आगलागीबाट गोदाममा रहेका मेडल, स्टिकर लगायतका सामग्री जलेर नष्ट भए, मानवीय क्षति भने भएन।
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–३, बाफलमा रहेको एक मेडल तथा स्टिकर गोदाममा आज बिहानै आगलागी भएको छ। स्थानीय राजेन्द्र उदासले सञ्चालन गरेको उक्त गोदाममा विद्युत् सर्ट भई बिहान अन्दाजी ०३:२० बजे आगो सल्किएको प्रहरीले जनाएको छ।
आगलागीको सूचना पाउनासाथ बालाजु दमकल, जुद्ध वारुण यन्त्र (न्युरोड), नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेको थियो। सशस्त्र प्रहरी बल नम्बर १८ निलबाराही गणबाट सशस्त्र प्रहरी नायव निरीक्षक नीर कुमार कार्कीको कमान्डमा खटिएको ३५ जनाको टोलीसहितको संयुक्त प्रयासले आगो नियन्त्रणमा लिइएको छ ।
सुरक्षाकर्मी र दमकलको करिब डेढ घण्टाको अथक प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट गोदाममा रहेका मेडल, स्टिकर, कच्चा पदार्थ र अन्य सामग्री जलेर पूर्णरुपमा नष्ट भएका छन्। क्षतिको यकिन विवरण संकलन भइरहेको छ, तर प्रारम्भिक अनुमान अनुसार लाखौँको भौतिक क्षति भएको बताइएको छ।
घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ। आगो नियन्त्रणमा आइसकेपछि अहिले घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण