सङ्गीत दिवसमा काठमाडौँमा थारु राष्ट्रिय कलाकारहरूको प्रस्तुति, झुमे दर्शक
सारांश
- काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा विश्व संगीत दिवसको अवसरमा थारु कलाकारहरुले मौलिक गीत प्रस्तुत गरे।
- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरीले सांस्कृतिक क्रान्ति गर्दा जेल परेको र पहिचानका लागि संघर्ष गरेको बताए।
- कार्यक्रममा थारु भाषा, संस्कृति र परम्परा झल्काउने प्रस्तुतिहरु प्रस्तुत गरियो, साथै अग्रज स्रष्टाहरुलाई सम्मान गरियो।
काठमाडौँ । विश्व सङ्गीत दिवसको अवसरमा काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय थारु कलाकारहरूले मौलिक गीतसहित प्रस्तुति दिएका छन् ।
राष्ट्रिय थारु कलाकार मञ्चले आयोजना गरेको वृहत् राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रममा उनीहरुले आ(आफ्नो ठाउँ विशेषका प्रस्तुतिहरू दिएका हुन् । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्व सांसद रेसम चौधरीले गरेका थिए ।
कार्यक्रममा बोल्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरीले पहिचानको लागि आफूले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नु परेको दाबी गरे। उनले भने,'मैले रेडियो नेपालमा २०४९ सालबाट गीत गाएर सुरु गरेको सांस्कृतिक क्रान्ति सुरु गरे। जब गणतन्त्र आयो, उनीहरुले थारुको छोराले गीतबाटै पहिचान मागेको देख्न सकेनन्। मलाई थुने।अनि राजनीतिमा म बाध्य भएर आउनु पर्यो।'
देशभरका थारु कलाकारहरूले आफ्नो भाषा, संस्कृति र परम्परागत संस्कृति झल्काउने प्रस्तुतिहरू दिने राष्ट्रिय थारु कलाकार संघका अध्यक्ष विनय वैद्यले बताए ।
उनका अनुसार देशभरका राष्ट्रिय कलाकारहरूले आ-आफ्नो क्षेत्रमा बोलिने ठाउँमा बोलिने थारु भाषाका मौलिक संस्कृति झल्कने प्रस्तुति रहेका थिए । कार्यक्रममा चारजना अग्रज स्रष्टाहरूलाई सम्मान गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण