'इतिहासले गृहमन्त्रीलाई ‘काफिला’ लुट्दा मौन बस्ने कायर ‘रहबर’को रूपमा सम्झिनेछ'
आइतबार, ०८ असार २०८२, १२ : ०९
सारांश
- रास्वपा सांसद असिम शाहले गृहमन्त्री रमेश लेखकलाई ‘काफिला’ लुट्दा मौन बसेको आरोप लगाए।
- उनले भिजिट भिसा प्रकरणको छानबिन नगरेको भन्दै सरकारको आलोचना गरे।
- सांसद शाहले भिजिट भिसाबाट ठगिएकालाई न्याय दिलाउन उच्चस्तरीय न्यायिक आयोगको माग गरे।
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले गृहमन्त्री रमेश लेखकलाई इतिहासले ‘काफिला’ लुट्दा मौन बस्ने कायर ‘रहबर’को रूपमा सम्झिने टिप्पणी गरेका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार भिजिट भिसा प्रकरणको छानबिन गर्नुको सट्टा मुखदर्शक बनेर बसेको समेत आरोप लगाए । भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने हरेक पात्रहरुलाई कानुनअनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ ।
भिजिट भिसामार्फत ठगिएका नेपाली नागरिकलाई न्याय दिलाउनको लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न समेत उनले माग दोहोर्याए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै रास्वपाले संसदमा सिर्जनात्मक विरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण