बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भरतपुरको दीर्घकालीन योजनासहितको नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत (पूर्णपाठ)

आइतबार, ०८ असार २०८२, १३ : ४२
आइतबार, ०८ असार २०८२

सारांश

  • भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिन्, जसमा समृद्ध भरतपुरको दीर्घकालीन योजना समावेश छ।
  • मेयर दाहालले भरतपुरलाई समावेशी, सुसंस्कृत, समृद्ध र आत्मनिर्भर बनाउने योजनाका साथ स्मार्ट सडक, शिक्षा, स्वास्थ्य, र आर्थिक आत्मनिर्भरता जस्ता क्षेत्रलाई प्राथमिकता दिएकी छिन्।
  • नीति तथा कार्यक्रमले भौतिक विकासका साथै सामाजिक र संस्थागत रूपान्तरणलाई समान महत्त्व दिने लक्ष्य राखेको छ।

चितवन ।  भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले समृद्ध भरतपुरको दीर्घकालीन योजनासहितको नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेकी छिन् । नगर प्रमुखको दोस्रो कार्यकाल सम्हाल्दै गरेकी उनले आफूले भरतपुर महानगरपालिकाको मेयर भएदेखि गरेका कतिपय विकास योजनालाई निरन्तरता दिएकी छिन् भने कतिपय नयाँ योजनाहरुलाई समेट्दै मध्य नेपालको सुन्दर सहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगरपालिकाको दीर्घकालीन योजना अगाडि सारेकी हुन् ।

नगर सभामा आथिर्क वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज  घोषणा गदै उनले  भरतपुरलाई समावेशी, सुसंस्कृत, समृद्ध र आत्मनिर्भर बनाउने दिशामा योजनाबद्ध तरिकाले अघि बढ्नुपर्ने बताएकी हुन् । यसको अर्थ उनले महानगरपालिाकाको विकासका लागि बोल्ने भन्दा काम देखिने विकास भरतपुरको चिनारी भएको सन्देश दिन खोजेकी छिन् ।

पूर्वाधार विकासमा स्मार्ट सडक, ढलसहित कालोपत्रे, हरियाली पार्क, सामाजिक रूपान्तरणको क्षेत्रमा  शिक्षा, स्वास्थ्य, महिला र बाल सशक्तीकरण तथा आर्थिक आत्मनिर्भरताको क्षेत्रमा कृषि अनुदान, स्वरोजगार, डिजिटल शासनजस्ता विषयलाई नीति कार्यक्रममा प्राथमिकतामा राखी नगरप्रमुख दाहालले नीति तथा कार्यक्रम सन्तुलित, समावेशी र व्यवहारमा लागू हुने गरी दीर्घकालीन सोचका साथ ल्याएको देखिएको छ । भरतपुर महानगरपालिकाको भौतिक स्वरूपसँगै सामाजिक र संस्थागत रूपान्तरणलाई पनि समान महत्त्व दिनेगरी दाहालले नीति कार्यक्रम प्रस्तुत गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप