स्थायी दरबन्दी कायम गर्नुपर्ने मागसहित स्वास्थ्य सेवा व्यवस्थापक संघको प्रदर्शन
सारांश
- नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले काठमाडौँमा स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दीको माग गर्दै प्रदर्शन गरेको छ।
- स्वास्थ्य मन्त्रालयले अस्पताल व्यवस्थापक पदलाई ओ एन्ड एम सर्वेक्षणमा समावेश नगरेको भन्दै संघले विरोध जनाएको छ।
- संघका अध्यक्ष महेन्द्र राज भुसालले अस्पताल व्यवस्थापकको स्थायी दरबन्दी कायम गर्नुपर्ने र ओ एन्ड एम सर्वेक्षणमा पद समावेश गर्नुपर्ने माग गरेका छन्।
काठमाडौँ । स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी कायम गर्नुपर्ने माग राख्दै नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले काठमाडौँमा प्रदर्शन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणमा अस्पताल व्यवस्थापक पदलाई समावेश नगरेको भन्दै संघले आइतबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।
ओ एन्ड एम गर्दा अस्पताल व्यवस्थापन अधिकृत सातौँ र नवौँ तह लगायतका पदलाई बेवास्ता गरी डाक्टर र नर्सहरूको मात्रै डाटा निकालेर सर्वेक्षण हुनु आपत्तिजनक रहेको संघका अध्यक्ष महेन्द्र राज भुसालले बताए ।
उनले सरकारी अस्पताललाई चुस्त दुरुस्त राख्दै राम्रो व्यवस्थापन गर्नका लागि स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी कायम गर्नुपर्ने माग राखे ।
प्रदर्शनका सहभागीहरूले स्वास्थ्य सेवा व्यवस्थापकको लोक सेवामा स्थायी दरबन्दी सिर्जना गर, स्वास्थ्य सेवा व्यवस्थापक विशुद्ध अस्पताल प्रशासनको मुहार परिवर्तक, ओ एन्ड एम सर्वेमा स्वास्थ्य सेवा व्यवस्थापकको दरबन्दी कायम गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
अस्पताल सञ्चालन निर्देशिकाअनुसार ५० सय्याभन्दा माथिका अस्पतालमा अस्पताल व्यवस्थापक अनिवार्य रूपमा राख्नुपर्ने प्रावधानसमेत रहेको संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण