शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चीन भ्रमणवारे संसदमा प्रधानमन्त्रीको सम्बोधन : चिनियाँ राष्ट्रपति सीसँग भेटबार्ता गर्ने

सोमबार, ०४ असार २०७५, १६ : ४६
सोमबार, ०४ असार २०७५

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले असार ५ देखि १० सम्म छिमेकी मुलुक चीनको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेटबार्ता गर्ने भएका छन् । 

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे सोमबार प्रतिनिधि सभा बैठकलाई जानकारी गराउँदै सो कुरा जानकारी गराएका हुन् । 

संसदलाई प्रधानमन्त्रीले असार ५ गते गएर १० गते नेपाल फर्कन लागेको जानकारी दिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चीन ठुलो जनशक्ति, क्रयशक्ति र ठुलो सहयागीभावना भएको देश भएको भन्दै यसबाहेक चीनसँग नेपालको युगाँै पुरानो सम्बन्ध भएकाले चीनबाट आफुले सक्दो सहयोग लिन सक्नुपर्ने बताए । 

सन २०१६ मार्चमा आफू प्रधानमन्त्री हुँदा गरेका सन्धी सम्झौता गरेको भन्दै क्रस बोडर ट्रान्समिसन लाइन, क्रस बोर्डलगायतका सम्झौतामा छलफल गर्ने बताए । 

उनले चीन भ्रमणका क्रममा आ–आफ्ना प्राथमिकतामा रहेका विषयमा एक अर्कामा जानकारी गराउने भन्दै नेपाल सरकारले अघि सारेको विकासको लक्ष्यलाई सघाउन चीनले गर्ने सहयोगका बारेमा बिशेष कुराकानी हुने बताए । 

चीनले अघि सारेको वाल वेल्ट वान रोड, कनेक्टीभिटीको क्षेत्र र पारस्परिक तथा लगानीका क्षेत्रमा के कसरी जान सकिन्छ भनेर गरेको हस्ताक्षरको मेमोभित्र पोर्ट, हवाइ, रेलमार्ग अप्टिकल फाइबरलाई प्रभाबकारी बनाउने, तातोपानी नाका लगायत थप करिडोरहरुमा समझादरी हुने प्रधानमन्त्रीले जानकारी दिए । 

त्यसै क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङसँग पनि भेट हुने भन्दै त्यसक्रममा नेपाल र चीनबारे अरु विषय पनि राख्ने जनाए । प्रधानमन्त्रीलिखछ्याङसँग प्रतिनिधिमण्डस्तरीय भेटबार्ता हुने प्रधानमन्त्रीले बताए । 
प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको पनि बताए । 

उनले छिमेकीका जायज चासो भएपनि राष्ट्रिय हित र स्वाभिमानmलाई अक्षुण राख्ने दावी गरे । 

कांग्रेसका नेता लि झाझु संग भेटबार्ता हुने ति भेटमा नेपाल चीनबीच हुने आयोजनाबारे छलफल हुने । उर्जा, रेलवे, पुननिर्माण सम्झौता र हस्ताक्षर हुने छ ।   

–सुशासन र विकासको बाटोमा जाने सरकारको योजना अनुसार सम्बृद्ध नेपाल, सुखी नेपाली पुरा गर्नेतर्फ केन्द्रीत हुने । यस क्रममा कमि कमजोरी सच्चाउदै अघि बढ्ने । 

–छानेको प्रणालीलाई कार्यन्वयन गर्ने, समय खेर फाल्ने र समय वर्वाद गर्न सक्दैनौ । तीन बर्षभित्र एलडिसिबाट स्तरनोन्नती, १२ बर्षमा दीगो विकास लक्ष्य हासिल गर्नुछ । ति लक्ष्य पुरा गर्न चुनौतीपुर्ण छन् । 
–संविधानका मौलिक हक कार्यन्वयन गर्नेतर्फ सरकार लागि रहेको छ । ६० देखि ८० निरपेक्ष गरिविको रेखामुनि रहेकालाई मुक्त गर्ने, सवै जनता शिक्षित, सवैको सरदर आय बढाउन केन्द्रीत छौँ । 

यसो गर्न हाम्रा साधन र श्रोतलाई परिचालन गर्दा आफ्ना मात्रै प्रयास आजको दुनियाँमा पर्याप्त हुदैनन् । त्यसैले छिमेकीमित्रहरुको सहयोग लिन सक्नुपर्छ । विकास र सम्बृद्धि हासिल गर्न वेथितिलाई न्युनिकरण गर्नुछ ।

–यसअघिको मेरो भारत भ्रमणले सम्बन्ध सुदृढ र विकास लक्षित कामहरु अघि बढेका छन् । तराईमा डुवानको समस्या समाधान गर्न संयुक्त टोली त्यसतर्फ जाँदैछ । १९५० को सन्धी टुङग्याउन प्रवुद्ध समुहले पहल गरेको र छिटै टुग्ङिने विश्वास । चारवटा एयर रुट लिने तयारी भएको छ । रेलसेवा विस्तार गर्ने विषयमा प्रगति भएको छ ।

–पोखरामा अफ सिजनमा पनि होटल पाउन मुस्किल हुनेगरी पर्यटक बढेका छन् । 

आधा घण्टा लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले भारत भ्रमणवारे पनि ब्याख्या गरेका थिए । 

    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप