अभद्र टिप्पणी गर्नेलाई समीक्षाले फेसबुकमा सार्वजनिक गरेपछि माफी माग्न बाध्य
काठमाडौँ । आफ्नो पोस्टमा अभद्र टिप्पणी गर्ने एक प्रयोगकर्ताको जानकारी गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । आफ्नो टिप्पणी समीक्षाले सार्वजनिक गरेपछि ती प्रयोगकर्ताले लगत्तै गायिकासँग माफी मागेका छन् ।
ती प्रयोगकर्ताले गायिका अधिकारीसँग क्षमा माग्दै लेखेका छन्, ‘समीक्षा बहिनी जे लेखियो, त्यसको लागि हृदयदेखि माफी माग्छु । यसलाई लामो बनाउनुभन्दा फेरि भेट हुँदा हात जोडेर माफ मागुँला...!! अब ।’
अधिकारीले पनि उनको माफी स्वीकार गर्दै उनले गरेको अभद्र टिप्पणीसहितको स्क्रिनसट हटाएकी छन् ।उनले लेखेकी छन्, ‘माफीको दायरालाई मैले नाघ्न सकिनँ, त्यसैले उहाँलाई माफीसँगै अरूलाई आफ्नो व्यक्तित्व चिनाउनु पूर्व पहिलो आफूलाई चिन्नुहोस् । सङ्घर्षको मैदानमा हिँड्दा हिँड्दै लडेर पनि उठेको मान्छे म । अरूलाई लडाउँछु भन्दा आफू पनि लडिन्छ भन्ने कुराको सबै जनाले ख्याल गर्नुहोला ।’
सामाजिक सञ्जालका प्रयोगकर्ताले समीक्षाको यस कदमलाई समर्थन गर्दै उनको हिम्मतको प्रशंसा गरेका छन् । धेरैले उनलाई आफ्नो ‘मिसन’ मा नडराई अघि बढ्न सुझाव पनि दिएका छन् ।
वास्तवमा, ती प्रयोगकर्ताले गायिका अधिकारीको विगतलाई लिएर अभद्र टिप्पणी गरेका थिए । त्यसपछि अधिकारीले उक्त कमेन्टको स्क्रिनसट र परिवारको तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । उक्त पोस्ट निकै भाइरल बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण