नेसपाले गर्यो पार्टी पुनर्गठन, सचिवालय र केन्द्रीय समितिमा को–को भए मनोनीत ?
सारांश
- नेपाल समाजवादी पार्टी (नेसपा) ले पार्टी पुनर्गठन गरेको छ, जसमा ९ सदस्यीय सचिवालय गठन गरिएको छ।
- कोशी प्रदेश इन्चार्जमा कृष्णप्रसाद भट्टराई र युवा तथा आइटी इन्चार्जमा विजय खड्का नियुक्त भएका छन्।
- पार्टी पुनर्गठनमा हितराज जोशी, शर्मिला कार्की लगायत ११ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन्।
काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले पार्टी पुनर्गठन गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी पुनर्गठन गरेको हो ।
बैठकले अध्यक्ष महिन्द्र राय यादव, रमेशप्रसाद यादव, राजु थापा, ढाकाराम गौतम, मीनराज बडु, देवेन्द्र यादव, देवीबहादुर बुढाथोकी लगायत रहने गरी ९ सदस्यीय सचिवालय गठन गरेको छ । बाँकी दुई सदस्य अर्को बैठकले गर्ने महासचिव यादवले जानकारी दिए ।
यसैगरी कोशी प्रदेशका इन्चार्जमा कृष्णप्रसाद भट्टराई, युवा र आइटी इन्चार्जमा विजय खड्का नियुक्त गरेको छ । यस्तै बैठकले ११ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ ।
मनोनीत हुनेमा हितराज जोशी, शर्मिला कार्की, खुमकुमारी बुढा, बडक गडरिया, नारायण भण्डारी, बृन्दा बस्ताकोटी, दिलबहादुर लामा, कुमराज मजाकोटी, बालकृष्ण शर्मा, अप्सरा पौडेल र नवराज देवकोटा रहेका छन् ।
जेठ १२ गते सह अध्यक्ष गंगानारायण श्रेष्ठ समूह नेकपा माओवादी केन्द्र फर्किएपछि नेसपाले पार्टी पुनर्गठन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्क तालिका सुधारको लक्ष्यमा नेपाल, नामिबियाविरुद्ध कस्तो होला रणनीति?
-
बागमती प्रदेश सभाको सकसपूर्ण अङ्कगणितः एमाले–नेकपा गठबन्धनका लागि ‘हानेपा’लाई प्रस्ताव
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण