५० करोडको चुक्तापुँजी भएका कम्पनीहरूले आईपीओ निष्काशन गर्न पाउने
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लगानी कम्पनीको धितोपत्र सार्वजनिक निष्काशन सम्बन्धी नयाँ नीतिगत व्यवस्था गरेको छ । बोर्डले आइतबार एक सूचना जारी गर्दै सञ्चालन अनुमति पाएका तथा ५० करोडको चुक्तापुँजी भएका इन्भेष्टमेन्ट कम्पनीहरूले आईपीओ निष्काशन गर्न पाउने नयाँ नीति लिएको बाेर्डले जानकारी दिएको हो ।
बोर्डले कम्पनीहरूलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा भएको नीतिगत व्यवस्थामा परिमार्जन गरेको छ । विगतमा यातायात, सञ्चार र ऊर्जामा मात्र लगानी गर्न पाउने व्यवस्थालाई परिमार्जन गर्दै बोर्डले लगानी क्षेत्र विस्तार गरेको छ ।
बोर्डले सङ्गठित संस्था र लगानी कम्पनीले आईपीओ निष्काशन गर्दा कम्तीमा विगत तीन वर्ष सञ्चालनमा रही पछिल्लो दुई आर्थिक वर्षमा मुनाफा गरेको हुनुपर्ने, कम्पनीको प्रतिसेयर नेटवर्थ अङ्कित मूल्यभन्दा बढी भएको हुनुपर्ने, चुक्तापुँजी कम्तीमा ५० करोड भएको हुनुपर्ने व्यवस्था गरेको छ ।
आईपीओ निष्काशन गर्ने लगानी कम्पनीहरूले बोर्डबाट अनुमति प्राप्त गरेको खण्डमा ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित सङ्गठित संस्थाको बुक बिल्डिङ विधिमार्फत हुने प्रारम्भिक सार्वजनिक निष्काशनमा मात्र योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न सक्ने समेत व्यवस्था गरिएको छ ।
ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रको सङ्गठित संस्थाको धितोपत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुनुपर्ने, न्यूनतमभन्दा कम्तीमा एक स्तर माथिको क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण