१० बजे १० समाचार : रास्वपासँग सम्बन्धित पत्रबारे आयोग नै आश्चर्यमा, समीक्षाले सिकाइन् सबक
आज २०८२ असार ८ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा रास्वपासँग सम्बन्धित पत्रबारे निर्वाचन आयुक्तहरू नै आश्चर्यमा, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १४ जनाविरुद्ध मुद्दा, मेटमणि चौधरीविरुद्धको जाहेरी फिर्ताका लागि पत्र, समीक्षाले अभद्र टिप्पणी गर्नेलाई सिकाइन् सबक, जनमत पार्टीकी प्रदेशसभा सदस्यविरुद्ध पक्राउ पुर्जी, नेसपाले माओवादीसँग सम्मानजनक एकताका लागि पहल गर्ने, संसदमा के–के भयो ? लगायत छन् ।
१. रास्वपासँग सम्बन्धित पत्रबारे निर्वाचन आयुक्तहरू नै आश्चर्यमा
रास्वपासँग सम्बन्धित पत्रबारे निर्वाचन आयुक्तहरूनै आश्चर्यमा परेका छन् । रास्वपाका महामन्त्री मुकुल ढकाल नै पुष्टि हुने गरी आयोगबाट बाहिरिएको पत्र आधिकारिक नभएकोे निर्वाचन आयुक्तहरूको भनाइ छ ।
२. पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १४ जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलन कुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानि नोक्सानी पुरयाएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो ।
३. मेटमणि चौधरीविरुद्धको जाहेरी फिर्ताका लागि पत्र
एकीकृत नेकपा समाजवादीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध चेक अनादरको जाहेरी फिर्ताका लागि जिल्ला प्रहरी कार्यालय दाङमा पत्र आइपुगेको छ । जाहेरीकर्ताले नै फिर्ताका लागि निवेदन दिएको प्रहरीले जनाएको छ ।
४. समीक्षाले अभद्र टिप्पणी गर्नेलाई सिकाइन् सबक
आफ्नो पोस्टमा अभद्र टिप्पणी गर्ने एक प्रयोगकर्ताको जानकारी गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । त्यस लगत्तै ती व्यक्तिले समीक्षासँग माफी मागेका छन् ।
५. जनमत पार्टीकी प्रदेशसभा सदस्यविरुद्ध पक्राउ पुर्जी
जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यस यता सुमन भने फरार छिन् ।
६. नेसपाले माओवादीसँग सम्मानजनक एकताका लागि पहल गर्ने
महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रसँग सम्मानजनक एकताका लागि पहल गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।
७. संसदमा के–के भयो ?
आइतबार प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसदहरूले विरोध जारी राखे पनि संसदीय कारबाही अगाडि बढाइयो । बैठकमा बजेट सम्बन्धी छलफलले निरन्तरता पाएको छ ।
८. भात र पैसाको निहुँमा देवरले गरे भाउजुको हत्या
कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा भात र पैसाको निहुँमा १६ दिने सुत्केरी भाउजुको हत्या आफ्नै देवरले गरेको तथ्य प्रकाशमा आएको छ ।
९. नवराज ‘भेंडा’ले अन्ततः प्रधानमन्त्रीसँग भेट्न पाए
सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा गरेका अभियानकर्मी नवराज बोहरा ‘भेंडा’ ले अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पाएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
१०. न्यायमूर्ति नै किन हुन थाले असुरक्षित ?
पछिल्लो समय न्यायाधीशहरू असुरक्षित महसुस गर्न थालेका छन् । न्यायाधीशमाथि दुर्व्यवहारको घटनामात्र होइन, कतिपय मुद्दाका फैसलालाई लिएर आलोचना हुने क्रम पनि बढ्न थालेको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण