माओवादीसँग सम्मानजनक एकताका लागि पहल गर्ने नेसपाको निर्णय
काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले नेकपा माओवादी केन्द्रसँग सम्मान जनक एकताको लागि पहल गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । यस्तै संविधान संशोधनका लागि सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भएको महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।
‘केन्द्रीय समिति बैठकले पार्टी पुनर्गठन गरेको छ । नेकपा माओवादी केन्द्रसँग सम्मान जनक एकता गर्ने निर्णय गरेको छ । अहिले हामी ७७ जिल्लामा सङ्गठन विस्तार गरिरहेका छौँ । एकता महाधिवेशन हुने गरी माओवादीसँग पार्टी एकताको तयारी भइरहेको छ’, रातोपाटीसँग यादवले भने ।
यादवका अनुसार संविधानमा उल्लेखित सङ्घीय निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐन लगायतका ऐनहरू निर्माणको लागि सरकारको ध्यान आकर्षण गराउने निर्णय भएको छ ।
साथै भूमि ऐनलाई परिमार्जित गरी प्रक्रिया अगाडि बढाउनु पर्ने, नेसपा छोडेर गएकालाई पदमुक्त गरिएको उनले बताए । यस्तै प्राकृतिक प्रकोपबाट जनधनको क्षतिप्रति पार्टी दुःख व्यक्त गर्नुको साथै सम्भावित क्षतिप्रति सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण