प्रेम सुवालले खोजे संसदमा प्रधानमन्त्री
सारांश
- नेमकिपाका सांसद प्रेम सुवालले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरे।
- सांसद सुवालले भिजिट भिसा प्रकरणमा सांसदहरूको माग सम्बोधन गर्न र प्रधानमन्त्रीको जिम्मेवारीबारे छलफल गर्नुपर्ने बताए।
- उनले प्रधानमन्त्रीलाई बैठकमा उपस्थित गराउन सभामुखसँग आग्रह गर्दै भिजिट भिसाको छानबिनमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरे।
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा सांसद सुवालले संसदमा प्रधानमन्त्री खोजेका हुन् ।
उनले भिजिट भिसा प्रकरणमा संसद् अवरोधमा रहेका सांसदहरूको माग सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा संसदमा छलफल हुन लागेकाले प्रधानमन्त्री बैठकमा बस्ने वातावरण बनाउन सभामुखसँग आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा आज छलफल हुने भएकाले प्रधानमन्त्रीजी बैठकमै बस्ने वातावरण तयार गर्न पनि सभामुखसँग आग्रह गर्दछु’, सुवालको भनाइ छ । उनले भिजिट भिसाको छानबिन गर्न ढिलाइ नगर्न सुवालको सरकारसँग माग छ ।
आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एव उपराष्ट्रपतिको कार्यालयलगायत अन्य मन्त्रालयका लागि विनियोजित विधेयकमाथि छलफल हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण