सांसद मेटमणिको चेक प्रकरण : जाहेरी फिर्ताको पत्र आयो
सारांश
- एकीकृत नेकपा समाजवादीका सांसद मेटमणि चौधरीको चेक अनादरको विषयमा परेको जाहेरी फिर्ता भएको छ।
- सांसद चौधरीले रोल्पाका धात बुढामगरलाई ५ करोड ४० लाखको चेक दिएका थिए, जुन नसाटिएपछि उजुरी परेको थियो।
- प्रहरीले रकमको स्रोत खुलाउन ताकेता गरेपनि बुढामगर उपस्थित नभएपछि जाहेरी फिर्ता आएको हो।
बुटवल । एकीकृत नेकपा समाजवादीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीको चेक अनादर भएको विषयमा जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङ आइपुगेको छ । साउन ६ गते चौधरीले रोल्पाका धात बुढामगरलाई ५ करोड ४० लाख रुपैयाँको चेक काटेका तर नसाटिएको भन्दै जिल्ला प्रहरी कार्यालय हुलाकबाट जाहेरी दिएका थिए ।
तर यस विषयमा अनुसन्धान गरिहरेका वेला आइतबार दिउँसो हुलाकबाट चेक अनादरको जाहेरी फिर्ताको पत्र आएको प्रहरीले जानकारी दिएको हो । दाङ प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले आइतबार दिउँसो अर्को पत्र हुलाकबाट आएको रातोपाटीसँग पुष्टि गरे । भने, ‘हामीले जाहेरी दिने व्यक्तिलाई रकमको स्रोत उल्लेख गर्न बोलाएका थियौँ, तर उहाँ आउनुभएन, अहिले फेरि अर्को पत्र फिर्ताका लागि आएको छ ।’
साउन ६ गते चौधरीविरुद्ध जाहेरी आएपछि बुढामगरलाई प्रहरीले रकमको स्रोत उल्लेख गर्न पटक–पटक ताकेता गरेको थियो । तर उनी प्रहरीसमक्ष पुगेनन् । तर आइतबार दिउँसो जाहेरी फिर्ताको अर्को पत्र आएपछि प्रहरीलाई हाईसञ्चो भएको हो ।
चौधरीले बुढामगरलाई एभरेस्ट बैङ्कको खाताबाट २०८१ पुस २६ गते चेक हस्ताक्षर गरेर दिएका थिए । तर उक्त चेकमा चौधरीको हस्ताक्षर फरक परेको थियो । तीन पटकसम्म चेक नसाटिएपछि बुढामगरले बैकिङ नियमअनुसार चेक बाउन्सको सात दिनको सूचना निकाल्न निवेदन दिएका थिए ।
उनले सांसद चौधरीविरूद्व प्रहरीमा उजुरीसमेत दिएका थिए । हुलाकमार्फत उजुरी आएपछि दाङ प्रहरी कानुनी परामर्शमा जुटेको पनि थियो । तर आज जाहेरी फिर्ताको पत्र आएपछि केसले नयाँ मोड लिएको हो ।
यस सम्बन्धमा प्रतिक्रिया लिन सांसद चौधरीसँग पटक–पटक गरिएको प्रयास सफल हुन सकेन । यस्तै पुख्र्यौली घर रोल्पा भए पनि हाल घोराहीमा बसेर निर्माण व्यवसायीको काम गरिरहेका बुढामगरको मोबाइल नम्बरमा फोन गर्दा पनि उठेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण