सहरी विकास मन्त्रालय सबैभन्दा लथालिङ्ग र अस्तव्यस्त छ : सूर्य थापा
काठमाडौँ । नेकपा एमालेका सांसद सुर्य थापाले लौहपुरुष गणेशमान सिंहका नाममा उनकै सम्मान घटाउने गरी सहरी विकास मन्त्रालयले बजेट विनियोजन गरेको भन्दै सच्चाउन माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले सहरी विकास मन्त्रालयको बजेट सच्चाउन माग गरेका हुन् ।
सांसद् थापाले झन्डै ७५ करोडको बजेटमा गणेशमानको सम्मानलाई साट्ने गरी विनियोजन भएको भन्दै सच्चाउन माग गरेका हुन् ।
उनले विभिन्न ठाउँका वडा कार्यलयहरु विपतमा परेर पहिरोमा पुरिएर क्षतिग्रस्त भएपनि ती बनाउन बजेट विनियोजन नभएको तर गणेशमान सिंहको पनि सम्मान नहुने खालका गणेशमानको नाम जोडिएका योजनाहरू बजेटमा पारेको बताए ।
‘आश्चर्य लागेको छ । राष्ट्रिय योजना आयोगले तीन करोडका योजनाको सिलिङ दिएको थियो । सहरी विकास मन्त्रालय आज सबैभन्दा लथालिङ्ग र अस्तव्यस्त मन्त्रालय देखिएको छ । जनताको जीवनस्तर उठाउनेतिर ध्यान गएको छैन । त्यसकारण ससाना टुक्रा टुक्रे योजनाहरू फालिनुपर्छ’, थापाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण