एनआरएनए एनसीसी माल्टाको सदस्यता दर्ता प्रक्रिया स्थगित
माल्टा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) माल्टाले २६ मे २०२५ देखि सुरु गरिएको सदस्यता सूचना प्रणाली दर्ता प्रक्रिया हाललाई स्थगित गरेको घोषणा गरेको छ।
संस्थाले जारी गरेको विज्ञप्ति अनुसार, प्राविधिक समस्या र संगठनात्मक असमझदारीका कारण दर्ता प्रक्रिया अगाडि बढाउन असहज अवस्था सिर्जना भएको हो। “हामी माल्टा तथा गोजोबासी नेपालीहरू एनआरएनए एनसीसी माल्टा एकजुट गराउने प्रयासमा छौं,” अध्यक्ष रेम्स खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “तर, यस क्रममा विभिन्न बाधा अड्चनहरू सिर्जना गर्ने प्रयासहरू भईरहेका छन्।”
एनआरएनए माल्टाले केन्द्रीय तहमा देखिएको विवादको बाबजुद संस्थालाई फुटबाट जोगाउँदै एकतामा जोड दिनुपर्ने आवश्यकता औंल्याएको छ। अध्यक्ष खनालका अनुसार सदस्यता दर्ता प्रक्रिया यथाशीघ्र संशोधनसहित पुनः सुरु गरिनेछ।
“हामी छिट्टै नै स्पष्ट र ठोस निर्णयसहित पुनः दर्ता प्रक्रिया ल्याउनेछौं, जसले माल्टा तथा गोजोमा बसोबास गर्ने सम्पूर्ण नेपाली डायस्पोरालाई एकत्रित गर्न मद्दत गर्नेछ,” अध्यक्ष खनालले बताए ।
विज्ञप्तिमा संस्था सबै नेपालीहरूलाई एउटै छातामुनि ल्याई साझा हितका लागि कार्यरत रहने प्रतिबद्धता दोहोर्याइएको छ। साथै, हालको चुनौतीपूर्ण अवस्थामा समुदायको साथ, समझदारी र धैर्यप्रति आभार पनि व्यक्त गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
-
रास्वपा महाधिवेशनस्थलमा हेल्थ डेक्स (तस्बिरहरु)
-
‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण