अन्लीफ्यान मोडलसँग प्रेम सम्बन्धको हल्लाबारे यामालले के भने ?
सारांश
- बार्सिलोनाका १७ वर्षीय खेलाडी लामिन यामालले आफ्नो प्रेम सम्बन्धबारेको हल्लाको खण्डन गर्दै आफू सिंगल रहेको बताए।
- यामाल र मोडल फाती भास्केजसँगको सम्बन्धको हल्लापछि भास्केजले सामाजिक सञ्जालमा धम्की आएको बताएकी छिन् र कानुनी कारबाहीको चेतावनी दिएकी छन्।
- यामालले ब्राजिल भ्रमणको क्रममा नेयमारसँग भेट गरेपछि इन्स्टाग्राममा 'म सिंगल छु र खुसी छु' भन्दै पोस्ट गरेका थिए।
काठमाडौँ । बार्सिलोनाका १७ वर्षीय स्टार खेलाडी लामिन यामालले आफ्नो प्रेम सम्बन्धबारे चलिरहेको हल्लाको विषयमा मुख खोलेका छन्।
हालै मात्र क्लबको २०२४–२५ सिजनमा घरेलु ट्रेबल जितेपछि यामाल बिदामा छन् । यसै क्रममा उनको नाम २९ वर्षीया अन्लीफ्यान मोडल फाती भास्केजसँग जोडिएको थियो।

केही दिनअघि सामाजिक सञ्जालमा दुई जनाले सँगै समय बिताएको खबरले चर्चा पाएको थियो। तर, दुबै जनाले आफूहरूबिच कुनै पनि प्रेम सम्बन्ध नरहेको स्पष्ट पारेका छन्।
यस विषयमा अझ स्पष्ट पार्दै यामालले ब्राजिल भ्रमणको क्रममा नेयमारसँग भेट गरेपछि इन्स्टाग्राममा पोस्ट गर्दै लेखेका छन्: सिंगल एन्ड ह्याप्पी, दिस इज ब्राजिल ! अर्थात् -म सिंगल छु र खुसी छु, यो हो ब्राजिल। यसरी लामिन यामालले आफ्नो प्रेम सम्बन्धबारेको सबै हल्ला खारेज गर्दै आफू सिंगल रहेको सार्वजनिक रूपमा घोषणा गरेका छन्।
यसैबिच, मोडल फाती भास्केजले यामालसँगको सम्बन्धको हल्लापछि सामाजिक सञ्जालमा आफूविरुद्ध ज्यान मार्ने धम्की आएको दाबी गरेकी छन्। उनले आफूले लगातार गालीगलौज र धम्की भोग्नुपरेको बताउँदै यदि यस्तो अवस्था रोकिएन भने कानुनी कारबाहीमा जाने चेतावनी दिएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण