दुर्गेशले भने, ‘धन्यवाद केपी बा !’
सारांश
- गायक दुर्गेश थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले 'दुस्मन हेरेको हेर्यै' गीतले १० करोड भ्यूज प्राप्त गरेकोमा बधाई दिए।
- प्रधानमन्त्रीको बधाईको जवाफमा थापाले नयाँ पुस्ताको सिर्जनाप्रति प्रधानमन्त्रीको चासो र सम्मानले आफूलाई भावुक बनाएको बताए।
- थापाले यो सफलतालाई सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणाको रूपमा लिएका छन् र प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे।
काठमाडौँ । गायक दुर्गेश थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । ‘दुस्मन हेरेको हेर्यै’ गीतले १० करोड भ्यूज प्राप्त गरेको अवसरमा प्रधानमन्त्री ओलीले थापालाई सामाजिक सञ्जालमार्फत बधाइ दिएका थिए ।
ओलीले आइतबार सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ सङ्गीतमा रुचि देखाउन थालेको 'दुस्मन हेरेको हेर्यै' गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको सङ्ख्या पाँच महिनामा १०० मिलियन ( १० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई !’
जवाफमा थापाले सामाजिक सञ्जालमा नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै प्रधानमन्त्रीले देखाएको चासो, संवेदना र सम्मानले आफूलाई असाध्यै भावुक तुल्याएको बताएका छन्। यो स्नेहले आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको उनको भनाई छ ।
उनले लेखेका छन्, ‘नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननीय प्रधानमन्त्रीज्यूले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ।
‘दुस्मन हेरेको हेर्यै’ गीतमा १० करोड भ्यूजको सफलता प्रति सार्वजनिक रूप बाटै बधाई र शुभकामना दिई हामीलाई दिनुभएको स्नेहले मेरो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको छ।
देशको प्रधानमन्त्रीज्यूले नेपाली गीत–सङ्गीतको मूल्य र सम्भावना चिन्नु भएको यो क्षण सम्पूर्ण सृजनशील पुस्ताका लागि गर्वको विषय पक्कै हो।
उहाँको शब्द केवल एउटा बधाई मात्र थिएन, त्यो नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन थियो।
म प्रधानमन्त्रीज्यूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।
यो सबै मेरो भगवान् रुपी दर्शकहरूको मायाले सम्भव भएको हो — धन्यवाद, मेरा दर्शक–श्रोताहरू । धन्यवाद प्रधानमन्त्रीज्यू, केपी बा !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण