सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सलमानको मस्तिष्कमा गम्भीर समस्या रहेको खुलासा

सोमबार, ०९ असार २०८२, १३ : ४५
सोमबार, ०९ असार २०८२

सारांश

  • सलमान खानले आफ्नो स्वास्थ्य समस्याबारे खुलासा गर्दै मस्तिष्कमा एन्युरिज्म र एभी मालपर्फर्मेन्स भएको बताएका छन्, जसले स्ट्रोकको जोखिम बढाउँछ।
  • कपिल शर्माको कार्यक्रममा सलमानले स्वास्थ्य समस्याका बाबजुद काम गरिरहेको र हड्डी भाँचिएको समेत खुलासा गरे।
  • सलमान खानले पहिले पनि ट्राइजेमिनल न्यूरेल्जियाबारे कुरा गरेका थिए र 'तेरे नाम' फिल्मको हेयरस्टाइलबारे रोचक जानकारी दिए।

मुम्बई । सलमान खानको मस्तिष्कमा एनेयुरिज्म र एभी मालपर्फर्मेन्सको समस्या रहेको खुलासा भएको छ। एनेयुरिज्म भनेको यस्तो अवस्था हो जसमा मस्तिष्कको नसा सुन्निन्छ र यदि यो फुट्यो भने घातक स्ट्रोक पनि हुन सक्छ।

कपिल शर्माको कार्यक्रममा सलमान खान आफैँले यो कुरा बताएका हुन्। सलमानले अझै पनि गम्भीर स्वास्थ्य अवस्थाबिच आफूले काम गरिरहेको बताए । ‘हामी हरेक दिन हड्डी भाँचिरहेका छौँ। करङ भाँचिएको छ। यी सबैका बाबजुद पनि, म काम गरिरहेको छु,’ उनले भने ।

एनडीटीभीको रिपोर्ट अनुसार, सलमानले पहिलो पटक २०१७ मा दुबईमा फिल्म ‘ट्यूबलाइट’ को प्रमोसनको क्रममा आफ्नो रोग ट्राइजेमिनल न्यूरेल्जियाको बारेमा कुरा गरेका थिए। यो एक स्नायुसम्बन्धी समस्या हो जसमा अनुहारको स्नायुमा गम्भीर पीडा हुन्छ। यसका कारण बोल्ने, खाने र ब्रस गर्ने जस्ता सामान्य गतिविधिहरू पनि पीडादायी हुन्छन्।

कार्यक्रममा सलमान खानले फिल्म ‘तेरे नाम’ को प्रसिद्ध हेयरस्टाइलको बारेमा कुरा गर्दै भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामबाट प्रेरित भएर यो लुक अपनाएको बताए।

सलमानले फिल्म ‘आशिकी’ मा अभिनेता राहुल रोयको हेयरस्टाइल पनि यस्तै रहेको बताए। उनले भने, ‘मलाई लाग्यो कि सानो सहरको हिरोको कपाल लामो हुन्छ। पुरानो युगका धेरैजसो हिरोको पनि कपाल लामो हुन्थ्यो। त्यहीँबाट मलाई यो विचार आयो।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप