सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्छु : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समिति सभापति धर्मराज पाठक नेतृत्वको टोलीसँग आज भएको भेटका क्रममा उनले सङ्घीयता कार्यान्वयनसँग जोडिएका निजामती र प्रहरीलगायतका ऐनरकानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने बताए ।
प्रदेशसभा सदस्यहरू ओमविक्रम भाट, खुशीराम थारू, झपडबहादुर साउद, कैलाश चौधरी, माया पन्त र जानकीदेवी कुँवर समाहितटोलीले अध्यक्ष दाहालसँग भेट गरी सङ्घीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको थियो ।
उनीहरूले सङ्घीयता कार्यान्वयनसम्बन्धी कानुन निर्माण गर्दा प्रदेशका सरोकारहरूलाई पनि सम्बोधन गर्नुपर्ने, प्रदेशलाई स्रोत, साधन र अधिकारसम्पन्न बनाउनुपर्ने लगायतका विषय पनि राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण