संसद्मा परराष्ट्रमन्त्रीले भनिन्, 'विपिन जोशीको अवस्था अहिलेसम्म पत्ता लागेको छैन'
सारांश
- सरकारले हमासद्वारा बन्दी बनाइएका नेपाली नागरिक विपिन जोशीको अवस्था अज्ञात रहेको जनाएको छ।
- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जोशीको रिहाइका लागि सरकारले प्रयास गरिरहेको बताइन्, प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपतिलाई फोन गरेका छन्।
- जोशी दुई वर्षअघि इजरायलमा अध्ययनका लागि गएका बेला हमासको आक्रमणमा परेका थिए र त्यसयता उनको अवस्था अज्ञात छ।
काठमाडौँ । सरकारले प्यालेस्टाइनको हमास समूहले बन्दी बनाएर राखेको भनिएका नेपाली नागरिक विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको जानकारी दिएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको जानकारी गराएकी हुन् । राणाले सरकार उनको रिहाइका लागि प्रयासरत रहेको समेत सदनलाई जानकारी गराइन् ।
‘विपिन जोशीको रिहाइका लागि हामीले सक्दो प्रयास गरेका छौँ । सम्माननीय प्रधानमन्त्री स्वयंले इजिप्टका राष्ट्रपतिलाई फोनमार्फत अपिल गर्नुभएको छ । सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई सम्बोधन गर्दै पत्र लेख्नुभएको छ', उनले भनिन्, 'म स्वयंले कतार संयुक्त अरब इमिरेट्सका परराष्ट्र राज्यमन्त्रीहरू, एजिप्ट टर्की र इरानका परराष्ट्रमन्त्रीहरू पत्र लेखी अनुरोध गरेँ ।
ओमानमा आयोजित इन्डियन ओसियन कन्फ्रेन्समा कतार र संयुक्त अरब इमिरेट्सका राज्यमन्त्री र इरानका समकक्षीसँग भेट गरेर अनुरोध गरेको गरेको पनि उनले बताइन् ।
उनले भनिन्, ‘अहिलेसम्म उहाँको स्थिति पत्ता लागेको छैन । हामीले भगवानसँग प्रार्थना गरौँ नेपालका छोरा विपिन जोशी सकुशल छन् । कुनै दिन नेपाल फर्किनेछन् भन्ने आशामा छौँ ।’
उनले जोशीको खोजीमा हार मान्न नहुने बताइन् । सरकारले जतिसक्यो अन्तर्राष्ट्रिय फोरममा यो कुरा उठाउँदै आएको उनको भनाइ थियो ।
हमास समूहले इजरायलमा गरेको आक्रमणका बेला झन्डै दुई वर्षअघि त्यहाँ अध्ययनका लागि पुगेका जोशी अपहरणमा परेका थिए । त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण